बारा । बाराको परवानीपुर गाउँपालिका-५, नौतन टोलमा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ ।
परवानीपुर गाउँपालिका-५ नौतनका स्थानीय मनोज साहकी १० वर्षीया छोरी सन्झना कुमारी आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा २०८३ कार्तिक १ गते राति ११ः५५ बजे नाम नखुलेको सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले बताउनुभयो ।
सर्पदंशबाट बिरामी भएकी बालिकालाई उपचारका लागि पर्साको वीरगंज स्थित नारायणी अस्पताल लगिएको उहाँले जानकारी दिनुभयो ।
अस्पतालमा चिकित्सकले जाँच तथा ईसीजी परीक्षण गर्दा २०८३ कार्तिक २ गते विहान १२ः२९ बजे उनलाई मृत घोषणा गरेको उहाँले बताउनुभयो ।
बालिकाको शव नारायणी अस्पतालमै रहेको जानकारी अस्पतालका प्रहरी कर्मचारी मार्फत इलाका प्रहरी कार्यालय प्रसौनीमा प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक रामबालक साहको कमाण्डमा प्रहरी टोली घटनास्थल तर्फ खटिएको उहाँले बताउनुभयो ।







पृथ्वी राजमार्ग अवरुद्ध, बसपार्कभित्रै रोकिए
दूरसञ्चार प्राधिकरणले भन्याे : इन्टरनेटको
लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना
भारतीय युट्युबर ध्रुव राठी पक्राउ
काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र
रुसबाट ठूलो परिमाणमा डिजेल आयात