काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानसामु २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ओमानमा जारी त्रिदेशीय शृङ्खलाअन्तर्गतको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको हो । अब ओमानले जितका लागि २८१ रन बनाउनुपर्नेछ ।
जारी शृङ्खलामा नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो । नेपालले पहिलो खेलमा क्यानडा र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो । तर, तेस्रो खेलमा क्यानडासँग २४ रनले पराजित भएपछि नेपालको शीर्ष ६ मा पुग्ने यात्रामा दबाब थपिएको छ ।
क्यानडाले नेपाललाई हराएसँगै ३६ खेलबाट २९ अङ्क जोडेर अङ्कतालिकाको छैटौँ स्थानमा उक्लिएको छ । ३५ खेलबाट २८ अङ्क रहेको नेपाल भने सातौँ स्थानमा छ ।
आज ओमानलाई पराजित गर्न सके नेपालले क्यानडालाई पछि पार्दै छैटौँ स्थानमा उक्लिने अवसर पाउनेछ । त्यसैले नेपालका लागि यो खेल अङ्कतालिकामा आफ्नो स्थान सुधार गर्ने महत्त्वपूर्ण अवसर बनेको छ ।
विश्वकप लिग–२ को अङ्कतालिकामा शीर्ष ६ स्थानमा रहने टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता कायम राख्ने भएकाले नेपालका लागि बाँकी खेलका नतिजा निर्णायक हुनेछन् ।
नेपालले यसअघि ओमानलाई पराजित गरिसकेको भए पनि जारी खेलमा जित निकाल्न उसले २८१ रनको लक्ष्य रक्षा गर्नुपर्नेछ । शीर्ष ६ को दौडमा आफ्नो स्थान सुरक्षित गर्न नेपाललाई आजको खेलमा जित आवश्यक छ ।






भारतीय महिला क्रिकेट टोलीकी नयाँ
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
नेपालमा चेस जेन टुको आधिकारिक
आजदेखि अन्तरवडा फुटसल
कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन
पारा एसियाली खेलकुद : आठ