दसैँका बेला सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले यात्रुलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बलका अनुसार उक्त सेवा आजदेखि लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने पहिलो बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानका यात्रुलाई सेवा प्रदान गर्नेछ।
त्यस्तै, दोस्रो बसले प्रधान कार्यालयबाट प्रस्थान गरी सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै विभिन्न स्थानका यात्रुलाई निःशुल्क सेवा उपलब्ध गराउनेछ।
दसैँका समयमा सार्वजनिक यातायातको अभावमा सर्वसाधारणले भोग्नुपर्ने समस्यालाई न्यूनीकरण गरी सहज यात्रा सुनिश्चित गर्न निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो।







वेस्ट बैंकमा यहुदी बस्ती विस्तारकको
पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई
काँग्रेसलाई नयाँ पुस्ताको जोश र
गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण
कांग्रेस महाधिवेशन : बन्द सत्रमा
जनकपुरधाममा विजयादशमीको रौनक, शक्तिपीठहरूमा भव्य