काठमाडौं । बडादसैँको नवौँ दिन महानवमीका अवसरमा काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा दर्शन गर्ने श्रद्धालुको घुइँचो लागेको छ ।
महानवमीका दिन शक्तिस्वरूपा देवी दुर्गाको पूजा-आराधना गर्ने परम्पराअनुसार बिहानैदेखि भक्तजनहरू तलेजु भवानीको दर्शन तथा पूजाअर्चनाका लागि पुगेका छन् ।
दसैँको महानवमीलाई विशेष धार्मिक महत्त्वका साथ मनाइन्छ। यस दिन दुर्गा भवानीको पूजा गर्नुका साथै परम्पराअनुसार हातहतियार तथा औजारको पूजा गर्ने चलनसमेत छ ।
महानवमीका अवसरमा हनुमानढोका दरबार क्षेत्र आसपासमा चहलपहल बढेको छ भने मन्दिरमा दर्शन गर्न आउने श्रद्धालुको उपस्थिति बाक्लो देखिएको छ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं