जनवरी २१ देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बंगलादेश र संयुक्त अरब इमिरेट्स (यूएई) भिड्नेछन्।
प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल, भारत, वेस्ट इन्डिज र आयरल्यान्ड रहेका छन्। त्यस्तै, समूह ‘बी’ मा दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्यान्ड र सामोआ छन्।
समूह ‘सी’ मा अस्ट्रेलिया, बंगलादेश, यूएई र नाइजेरिया रहेका छन् भने समूह ‘डी’ मा इंग्ल्यान्ड, श्रीलंका, अमेरिका र स्कटल्यान्ड छन्।
नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल जनवरी २२ मा आयरल्यान्डसँग खेल्नेछ। उक्त खेल त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा नेपाली टोलीले भारत, वेस्ट इन्डिज र आयरल्यान्डसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ।








चौध वर्षीया बालिकालाई जबरजस्ती करणी
दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा
पोखरा स्कुल बस दुर्घटना :
लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१
तारेखका लागि काठमाडौं जिल्ला अदालत
जुम्लामा एकवर्षको अवधिमा सम्बन्ध विच्छेदका