बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–७, जितपुर स्थित ब्रह्मबाबा चौर नजिकको नहरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका ७ जितपुरका ५६ वर्षीय हरिनारायण सहनी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
२०८३ कात्तिक ४ गते बिहान करिब ६ बजे मृतकका छोरा राम विनय सहनीले नहरमा शव देखेपछि नहरबाट निकालेर डिलमा राखेका थिए । त्यसपछि बिहान सवा ६ बजे इलाका प्रहरी कार्यालय जितपुरमा घटनाबारे जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक मिनबहादुर घलेले बताउनुभयो ।
सूचना प्राप्त हुनासाथ प्रहरी वरिष्ठ हवल्दार उमेश निरौलाको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटाइएको उहाँले बताउनुभयो ।
घटनास्थलको मुचुल्का तथा प्रारम्भिक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा पाँच जनाको टोली समेत खटिएको थियो।
प्रहरीले बिहान सवा ८ बजे प्रारम्भिक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारामा पठाएको थियो । पोस्टमार्टम पछि बिहान साढे ११ बजे मृतकका छोरा विनय सहनीले शव बुझिलिएको उहाँले जानकारी दिनुभयो ।







अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न
नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप
श्रीमान् गुमाएपछि छ सन्तानको भविष्यको
चलचित्र कलाकार संघको बडादशैं शुभकामना
प्रस्तावित राजदुतविरुद्ध उजुरी दिएका उजुरीकर्ता
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध