काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टीका र जमरा लगाएर आशीर्वाद लिने क्रम जारी छ ।
विजयादशमीका दिन आफ्नै घरपरिवारमा टीका–जमरा लगाएकाहरू आज टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर टीका लगाउने र आशीर्वाद लिने गर्दछन् ।
नेपालका कतिपय स्थानमा विजयादशमीका दिन मात्रै टीका लगाउने परम्परा रहे पनि अधिकांश स्थानमा भने दसैँको टीका कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ । मान्यजन टाढा हुनेहरू पनि यस अवधिमा आफन्तकहाँ पुगेर टीका तथा जमरा ग्रहण गर्ने गर्दछन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नवदुर्गा भवानीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमासम्म दसैँको टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न सकिन्छ ।






झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका