अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा बाबु-छोराको ज्यान गएको छ ।
दुर्घटनामा भूमिकास्थान नगरपालिका-८ निवासी ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिवस जिसीले जानकारी दिनुभयो ।
प्रहरीकाअनुसार भूमिकास्थान नगरपालिका-२ मा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा परेका दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाएपछि डीएसपी जिसीको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।







वेस्ट बैंकमा यहुदी बस्ती विस्तारकको
पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई
काँग्रेसलाई नयाँ पुस्ताको जोश र
गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण
कांग्रेस महाधिवेशन : बन्द सत्रमा
जनकपुरधाममा विजयादशमीको रौनक, शक्तिपीठहरूमा भव्य