साउदी अरब । साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको साउदी अरामकोको तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) को सीमाना नजिकै रहेको शायबाह तेल क्षेत्रमा ड्रोनका अवशेष खस्दा नेपाली र फिलिपिन्सका एक-एक नागरिकको ज्यान गएको हो । घटनामा भारतीय र पाकिस्तानी नागरिक घाइते भएका छन् ।
साउदी ऊर्जा मन्त्रालयकाअनुसार खसालिएको ड्रोनका टुक्रा खस्दा तेल क्षेत्रमा कार्यरत ठेकेदारको एउटा सवारीसाधनमा आगलागी भएको थियो । सोही घटनामा दुई जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको जनाइएको छ ।
मन्त्रालयले तेल क्षेत्रमा ड्रोन आक्रमण भएको पुष्टि गरे पनि घटनामा संलग्न समूह वा आक्रमणको जिम्मेवारी लिने पक्षबारे भने कुनै जानकारी सार्वजनिक गरेको छैन ।







खगेन्द्र सुनारको विवादित अडियो रास्वपाको
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी
संविधानप्रदत्त अधिकार नपाउँदा कार्यसम्पादन प्रभावितः
एन्फाको स्वीकृतिबिनै नेपाल फुटबल लिग
सिद्धार्थ बैंकको मोबाइल एपमा ‘एनपीएल
बागलुङमा बोलेरोको ठक्करबाट चार वर्षीय