तिम्रो शासनको न अर्थ छ
न त्यो शासन नै हो
शासनको नाममा शोषण गरेर
व्यर्थ समय किन खेर फालेको
भुलमा नपर्नु सानको शासनमा
तिमीले गरेको मात्र कुशासन हो
यदि तिमीले चलाएको सुशासन हो भने
त्यो अपमान र आलोचना मुक्त हुन्छ ।
बोलीमा प्रतिबन्ध
व्यवहार खुला कसरी होला र !
तन असुहाउँदो
तन ढाक्ने पहिरन पुरानो
अर्धानो हुन सक्छ
शासनको नाममा तिमीले लगाएको
बचनको धार जस्तो
क्रीज बसेको नहुन सक्छ
त्यसैले
तिम्रो नजरमा म कुरुप होला !
हिजो शासनको बोल्न प्रतिबन्ध थियो
त्यही शासनको विरुद्ध उभिएर
बोल्न पाउने शासन ल्याएको हो
तिम्रो आदर्शको शासन होइन
यथार्थको शासनको
हिमायती हुँ, पक्षपाती हुँ
त्यसैले तिम्रो सुन्दर शासन
मलाई कुरुप लाग्छ
किनकि, त्यहाँ यथार्थ होइन
अन्याय छ, अत्याचार छ
र, सँगै घोर अपमान पनि ।
तनले को राम्रो हुन्छ ?
हुन्छ त निश्चल मनले हुन्छ
तिमीलाई रामो पहिरन कि
निश्कलंक पहिचान चाहिएको
पहिरन हो भने उद्योगमा जाउ
छानीछानी बेर, थरिथरी लपेट
तर, पहिचान चाहिएको हो भने
तिम्रो सुन्दर पहिरन
मेरा लागि क्षणिक हो
सुन्दरको सान लगाएर
अपमान गर्दै किन्तु नधपेट ।
एउटा अभेद्य सवाल
देखाउनका लागि लाउने
प्रिय हुनका लागि बोल्ने
यी दुबै कुरा निमषका हुन्
देखिनका लागि उभिने हो
धरातलमा उभिएर बोल्ने हो
मेरो धरातल त्यही हो
सदैव म शासनको पक्षमा छु
वचनले अर्जाप्ने धृष्टता नगर्नु
धार मेटिएको अर्धानो लुगा
साझा पहुँचको पहिरन हो
यथार्थमा मेरो पहिचान हो ।
-धुलाबारी, झापा







झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका