दसैँको अवसरमा भाइ रविसँग गैरराजनीतिक भेटघाटका क्रममा विभिन्न विषयमा छोटो छलफल भएको उल्लेख गर्दै हरिशरणले सामाजिक सञ्जालमार्फत आफ्ना सुझाव सार्वजनिक गर्नुभएको हो।
उहाँले रास्वपाको वाचापत्रअनुसार प्रदेश संरचनाबारे स्पष्ट धारणा बनाउनुपर्नेमा जोड दिनुभएको छ। त्यस्तै, गैरदलीय स्थानीय तह निर्वाचनको विषयमा पनि पार्टीले स्पष्ट दृष्टिकोण तय गर्नुपर्ने उहाँको सुझाव छ।
हरिशरणले जलवायु परिवर्तनबाट उत्पन्न समस्याको दिगो समाधान खोज्नुपर्ने र नेपालको भूबनोटअनुसार देशभर पोडवे निर्माणको सम्भावना अघि बढाउनुपर्ने बताउनुभएको छ। हेटौँडा–काठमाडौं पुरानो रोपवेलाई आधुनिक पोडवेमा रूपान्तरण गर्न सके सडकमा सवारी चाप घटाउन र वातावरण संरक्षणमा सहयोग पुग्ने उहाँको भनाइ छ।
त्यसैगरी, उहाँले भूमिगत जल पुनर्भरण योजना कार्यान्वयन गर्ने र काठमाडौंको जलप्रवाह प्रणाली सुधार गर्ने विषयलाई पनि प्राथमिकतामा राख्न सुझाव दिनुभएको छ।
विपन्न तथा न्यून आय भएका नागरिकलाई निश्चित अनुपातमा निःशुल्क सुविधा उपलब्ध गराउने तथा सौर्य ऊर्जाको प्रयोगबाट घरेलु आम्दानी बढाउन सकिने स्मार्ट मिटरिङ प्रणाली विकास गर्ने अवधारणा पनि उहाँले अघि सार्नुभएको छ।
हरिशरणले देशको आर्थिक, सामाजिक, राजनीतिक तथा भूराजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रिय प्राथमिकता र रणनीति तय गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। राजनीतिक स्थिरता, सुशासन, दिगो शान्ति र राष्ट्रिय प्रगतिका लागि सबै पक्षबीच सहमति निर्माण गर्नुपर्ने सुझावसमेत उहाँले दिनुभएको छ।







बधाई गगन ! चुनौतीका चाङसहितको
दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको