काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबारदेखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीले अभियानमार्फत संगठन विस्तार, सुदृढीकरण र सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने जनाएको हो ।
पार्टीको असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले अभियान सञ्चालनसम्बन्धी कार्यविधि पारित गरेको थियो । अभियानको उद्घाटन शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौंमा पत्रकार सम्मेलन गरी गरिने जनाइएको छ ।
अभियानका क्रममा विभिन्न तहमा भेला तथा संगठनात्मक कार्यक्रम सञ्चालन गरिनेछ । पार्टीको सांगठनिक आधार बलियो बनाउने, कार्यकर्तालाई सक्रिय बनाउने र आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीलाई तीव्रता दिने विषयलाई अभियानले प्राथमिकता दिनेछ ।






सेन्चुरी मसलाको नयाँ एयरटाइट जार
कांग्रेस सभापतिको मतगणना आजै रातिदेखि,
हेटौँडामा ठगीको आशङ्कामा तीन जना
जलवायु परिवर्तनको असर विश्वसामु पुर्याउन
काँग्रेस महाधिवेशनः ५ हजार ६
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल