एजेन्सी । रियालिटी टीभी स्टार तथा सौन्दर्य व्यवसायी काइली जेनरले भिक्टोरियाज सेक्रेट फेसन शोमा करिब पाँच करोड अमेरिकी डलर (नेपाली सात अर्ब ५९ करोड रुपैयाँभन्दा बढी) मूल्यको फ्यान्टेसी ब्रा लगाएर डेब्यु गर्नुभएको छ । उहाँको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ ।
वार्षिक फेसन शोमा जेनरले १८ क्यारेट सुन र चार हजार ४१० वटा हिरा जडित ब्रा लगाउनुभएको थियो । फ्यान्टेसी ब्रालाई शोको प्रमुख आकर्षण र छनोट हुने मोडलका लागि प्रतिष्ठाको विषय मानिन्छ ।
२९ वर्षीया जेनरलाई उक्त अवसर दिइएकोमा केही प्रशंसकले खुसी व्यक्त गरेका छन् भने अनुभवी सुपरमोडललाई छनोट नगरिएको भन्दै कतिपयले ब्रान्डको आलोचना गरेका छन् ।
सामाजिक सञ्जाल तथा मार्केटिङ विशेषज्ञ जोएल मार्लिनारसनका अनुसार जेनरको छनोटले मोडलिङ क्षेत्रमा बदलिँदो प्रवृत्तिलाई उजागर गरेको छ । उहाँका अनुसार अहिले ब्रान्डहरूले परम्परागत मोडलिङ अनुभवभन्दा बढी जनताको ध्यान आकर्षित गर्न सक्ने सेलिब्रेटीलाई प्राथमिकता दिन थालेका छन् ।







आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब
बजारमा रौनक, व्यापारमा मन्दी
उपत्यकामा आठ हजार प्रहरी परिचालन,
केही आशा केही निराशा