काठमाडौं । नेपाली कांग्रेसले प्राकृतिक विपत्तिका कारण यस वर्षको कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ ।
भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै बूढीगण्डकीमा आएको बाढीले समेत क्षति पुर्याएकाले देश शोकमा रहेका बेला कार्यक्रम नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले कात्तिक जारी गरेको विज्ञप्तिमा विपत्तिबाट प्रभावित परिवारप्रति संवेदना व्यक्त गर्दै यस वर्ष चियापान कार्यक्रम आयोजना नगरिने उल्लेख गर्नुभएको थियो ।
कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत पूर्णिमामा पहिलोपटक चियापान समारोह आयोजना गर्नुभएको थियो । त्यसयता कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम गर्दै आएको छ ।






भारतीय महिला क्रिकेट टोलीकी नयाँ
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
नेपालमा चेस जेन टुको आधिकारिक
आजदेखि अन्तरवडा फुटसल
कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन
पारा एसियाली खेलकुद : आठ