काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन शाहको प्रस्तावित भारत भ्रमणमा नेपाल–भारत सीमा विवादको विषय उठ्छ कि उठ्दैन भन्दै प्रश्न गर्नुभएको छ ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बाँस्कोटाले अर्थमन्त्री स्वर्णिम वाग्लेले हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । उहाँले वाग्लेको भनाइले राष्ट्रिय हितमा असर पार्ने टिप्पणी गर्नुभएको छ ।
बाँस्कोटाले प्रधानमन्त्री शाहले विगतमा ग्रेटर नेपालको नक्सा टाँसेको प्रसंग उल्लेख गर्दै भारत भ्रमणका क्रममा सीमा विवादको विषय उठाउने अपेक्षा व्यक्त गर्नुभएको छ । उहाँले यस सन्दर्भमा ‘नयाँ जोगीले धेरै खरानी उडाएको’ भन्दै व्यंग्यात्मक टिप्पणीसमेत गर्नुभएको छ ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पनि अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनुभएको थियो ।
थापाले नेपालको राष्ट्रवाद कुनै मुलुकविशेषको विरोधमा आधारित नभएको बताउँदै विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्नु राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने तर्क गर्नुभएको थियो ।
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा बहस भइरहेका बेला एमाले नेता बाँस्कोटाले प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणमा सीमा विवादको विषय उठ्ने वा नउठ्ने भन्ने प्रश्न उठाउनुभएको हो ।






भोजपुरमा २४४ किलोभन्दा बढी गाँजासहित
मलंगवामा एक लाख घुससहित इन्जिनियर
कांग्रेसको १५औँ महाधिवेशन अहिलेसम्मकै ऐतिहासिक
‘अल्गोरिदमबाट सत्तामा आएकाहरूले नेपाललाई युक्रेन
मन्त्रिपरिषद्को बैठक सुरु
भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिमा संसदीय