काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फाबियन एलन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने हुनुभएकाे छ ।
सुदूरपश्चिमले आगामी सिजनका लागि एलनलाई अनुबन्ध गरेको हो । उहाँ ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने अनुभवी टी–२० खेलाडी हुनुहुन्छ ।
३१ वर्षीय एलन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिन बलर हुनुहुन्छ । उहाँले वेस्ट इन्डिजका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलिसक्नुभएकाे छ । उहाँ विभिन्न फ्रेन्चाइज लिगमा समेत आफ्नो क्षमता देखाइसक्नुभएकाे छ ।
एलनको आगमनले सुदूरपश्चिम रोयल्सको टोलीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । अघिल्ला दुई संस्करणमा लिग चरणको शीर्ष स्थानमा रहेर फाइनलसम्म पुगेको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यमा हुनेछ।
एनपीएलको तेस्रो संस्करणमा सुदूरपश्चिमले विदेशी खेलाडीमार्फत आफ्नो टोलीलाई थप बलियो बनाउने प्रयास गरेको छ ।







पोखरा स्कुल बस दुर्घटना :
लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१
तारेखका लागि काठमाडौं जिल्ला अदालत
जुम्लामा एकवर्षको अवधिमा सम्बन्ध विच्छेदका
काठमाडौंमा ‘सम्यक महादान’ पुनर्जीवित गर्दै
कृष्णभीरको पहिरो छल्न १९ किलोमिटर