काठमाडौं । मौसम सफा भएसँगै काठमाडौं उपत्यकाबाटै विभिन्न हिमालका मनोरम दृश्य देखिन थालेका छन्। दसैँअघि मौसम प्रतिकूल रहे पनि दसैँ सुरु भएसँगै खुलेको मौसम पर्वको समापनतिर आइपुग्दा पनि सफा देखिएको छ।
मौसम खुलेपछि उपत्यकाबाट गणेश हिमाल, हिमालचुली, लाङटाङ र आठ हजार १५६ मिटर अग्लो मनास्लु हिमालसमेत स्पष्ट देखिन थालेका छन्। यसका अतिरिक्त दोर्जे लाक्पा, फुर्बी ग्याल्त्सो र गौरीशंकरलगायत हिमालका दृश्य पनि उपत्यकाबाटै अवलोकन गर्न सकिन्छ।
मौसम सफा हुँदा उपत्यकाबाट देखिने हिमालले प्राकृतिक सौन्दर्य थप आकर्षक बनाएका छन्। चन्द्रागिरि डाँडाबाट खिचिएका तस्बिरमा पनि हिमालका मनमोहक दृश्य कैद भएका छन्।







तस्बिर : सूर्यांश उप्रेती







दुई महिनाका लागि ७० अर्ब
दशैँमा घर फर्किने यात्रुको गोंगबु
चौध वर्षीया बालिकालाई जबरजस्ती करणी
दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा
पोखरा स्कुल बस दुर्घटना :
लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१