काठमाडौं । तेस्रो नागार्जुन नगरपालिका भेट्रान्स फुटबल प्रतियोगिताको टाइसिट सार्वजनिक भएसँगै उपाधिका लागि प्रतिस्पर्धा गर्ने २४ टोलीको समूह विभाजन टुंगिएको छ । फुटबलर्स मिसन टुगेदरको आयोजनामा हुने प्रतियोगिता कात्तिक १० देखि २० गतेसम्म मध्यपुर ठिमी मैदानमा सञ्चालन हुनेछ । टाइसिट ड्रबाट सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको हो । प्रत्येक समूहमा तीन टोली छन् । समूह चरणमा सिंगल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा हुनेछ । आठवटै समूहका शीर्ष स्थानमा रहने टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।
समूह ‘ए’मा अभिषेक चर्च, विजय युथ र जोरपाटी क्लब परेका छन् । समूह ‘बी’मा एनआरटी, थान्साङ एफसी र रिभर फिल्ड फुटसल छन् । समूह ‘सी’मा चितवन भेट्रान्स, कैलाली भेट्रान्स र चाबहिल युथ क्लब रहँदा समूह ‘डी’मा कीर्तिपुर भेट्रान्स क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र विष्णु पादुका छन् ।
त्यसैगरी, समूह ‘ई’मा फ्रिडम एफसी, कापन एफसी र महावीर क्लब छन् । समूह ‘एफ’मा वीरगञ्ज एकेडेमी, हिलसाइड एफसी र धरान एफसीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘जी’मा लहान एफसी, एट्टिज एमभिसी र सानो गौचरण तथा समूह ‘एच’मा सामाजिक क्लब, इमाडोल भेट्रान्स क्लब र पोखरा ११ रहेका छन् ।
प्रतियोगिताको विजेताले आठ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । नागार्जुन नगरपालिका प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ ।
पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडीहरूको पहलमा स्थापित फुटबलर्स मिसन टुगेदरले पूर्वखेलाडी तथा भेट्रान्स खेलाडीलाई नियमित रूपमा फुटबलमा सक्रिय राख्ने र नेपाली फुटबलमा उनीहरूले पुर्याएको योगदानको सम्मान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताले अनुभवी खेलाडीलाई पुनः मैदानमा उतार्नुका साथै भेट्रान्स फुटबलको विकास र विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।







मतदाता नामावली अद्यावधिक : काभ्रेमा
खेतमा बेसार, किसानलाई बजारको चिन्ता
पृथ्वी राजमार्गको गलौदी सडकखण्ड अपराह्न
विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको
झलारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
चौध लाखभन्दा बढीका सामान र