काठमाडौं । कर्णाली याक्समा अनुबन्ध हुनुभएका मार्क वाट नेपाल आइपुग्नुभएको छ । आइतबार बिहान उहाँ तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको हो । उहाँलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए ।
३० वर्षीय वाटले स्कटल्याण्डका लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिनुभएको छ । त्यस्तै ३२१ रन बनाउनुभएको छ । समग्रमा उहाँले टी-२० मा १३१ खेल खेल्दा १२३ विकेट लिनुका साथै ४०३ रन बनाउनुभएको छ ।
दोस्रो एनपिएलमा समेत कर्णाली याक्सबाटै खेल्नुभएका वाटले ११४ रन बनाउनुभएको थियो । उहाँले मात्र ४१ बलमा कीर्तिमानी शतक प्रहार गर्नुभएको थियो । उहाँ आन्द्रेस गौसपछि एनपिएलमा शतक बनाउने दोस्रो खेलाडीसमेत हुनुहुन्छ ।
कर्णालीले विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलरसँगै पाकिस्तान टी-२० टिमका कप्तान साहिवजादा फर्हान र हुसैत तलात, बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अली तथा स्कटल्याण्डका अलराउण्डर मार्क वाट अनुबन्ध गरेको छ ।
यस्तै, कर्णालीले घरेलु खेलाडीका रूपमा मार्की सोमपाल कामीसँगै राष्ट्रिय टिमबाट खेलिरहेका अलराउण्डर गुल्सन झा र बलर नन्दन यादव तथा विपिन शर्मा, युनिशविक्रम सिंह, दीपेन्द्र रावत, पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई अनुबन्ध गरेको छ ।







आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब
बजारमा रौनक, व्यापारमा मन्दी
उपत्यकामा आठ हजार प्रहरी परिचालन,
केही आशा केही निराशा