काठमाडौं । वेष्ट इण्डिजका अलराउण्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध हुनुभएको छ । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुनुहुन्छ । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उहाँ टी-२० क्रिकेटका अनुभवी खेलाडी हुनुहुन्छ । उहाँले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसक्नुभएको छ ।
एलेनले वेष्ट इण्डिजका लागि २० एकदिवसीय र ४२ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । एकदिवसीयमा उहाँले २०० रन बनाउनुका साथै सात विकेट लिनुभएको छ । टी-२० अन्तर्राष्ट्रियमा उहाँको नाममा २९८ रन र २४ विकेट छ । सबैखाले टी–२० क्रिकेटमा एलेनले १७८ खेल खेल्दै एक हजार ६३४ रन बनाउनुभएको छ भने १०९ विकेट लिनुभएको छ । यस प्रारूपमा उहाँको ब्याटिङ स्ट्राइक रेट १३९.८९ छ । उहाँले १०६ छक्का प्रहार गर्नुभएको छ ।
एलेनले सन् २०१६ मा जमैकाबाट प्रथम श्रेणी क्रिकेटमा पदार्पण गर्नुभएको थियो । सन् २०१८ मा भारत भ्रमणका क्रममा उहाँले वेष्ट इण्डिजको एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय टोलीमा स्थान बनाउनुभएको थियो । सन् २०२२ को सुरुवातमा व्यक्तिगत कारणले क्रिकेटबाट केही समय टाढिनुभएका उहाँ सोही वर्ष अगस्टमा पुनः खेलमा फर्किनुभएको थियो । त्यसपछि उहाँले वेष्ट इण्डिजका लागि सीमित अवसर पाए पनि क्यारेबियन, युएई, दक्षिण अफ्रिका, क्यानडा, पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशका विभिन्न टी-२० लिगमा खेल्नुभएको छ ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । ‘फेबियन एलेन अनुभवी टी-२० खेलाडी हुनुहुन्छ । उहाँको अलराउण्ड क्षमताले टोलीलाई बलियो बनाउने विश्वास लिएका छौँ । विशेष गरी स्पिन बलिङ र तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उहाँको क्षमताबाट टोलीले फाइदा लिने अपेक्षा गरेका छौँ’, खड्काले भन्नुभयो ।
टोलीमा अनुबन्ध भएपछि एलेनले सुदूरपश्चिम रोयल्सबाट एनपिएल खेल्न उत्साहित रहेको बताउनुभयो । ‘सुदूरपश्चिम रोयल्सको हिस्सा बन्न पाउँदा खुसी छु । नेपालमा आएर एनपिएल खेल्न र टोलीको सफलतामा योगदान दिन उत्साहित छु । समर्थकहरूका अगाडि राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु’, एलेनले भन्नुभयो ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं