काठमाडौं । नेपाली क्रिकेट टोलीका लागि आगामी दिनहरू अत्यन्तै व्यस्त र रोमाञ्चक बन्ने भएका छन् । एसिया कप राइजिङ स्टार्सदेखि काठमाडौंमा हुने विश्वकप छनोटको प्लेअफ र यू-१९ एसिया कपको बन्द प्रशिक्षणसम्मका महत्त्वपूर्ण खेल तालिका तथा घोषणाहरू सार्वजनिक भएका हुन् ।
कतारमा आयोजना हुने एसियन क्रिकेट काउन्सिल (एसिसी) को ‘पुरुष एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल भारत ‘ए’ सँग खेल्ने पक्का भएको छ । एसिसीले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल आगामी नोभेम्बर २० (मंसिर ४ गते) भारत ‘ए’ विरुद्ध मैदान उत्रिनेछ । दोहास्थित वेष्ट इण्ड इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
आगामी नोभेम्बर १९ (मंसिर ३) देखि सुरु हुने प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले भारत ‘ए’ सँगै पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले समूह चरणको आफ्नो दोस्रो खेल मंसिर ६ गते युएईसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल मंसिर २४ गते पाकिस्तान ‘ए’ सँग खेल्ने तालिका रहेको छ ।
आइसिसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमै आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दिएको जानकारीअनुसार आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा उक्त प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगितामा आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ को अन्तिम स्थानमा रहने चार टोली र च्यालेन्ज लिग ‘ए’ तथा ‘बी’ का शीर्ष स्थान हासिल गर्ने दुई-दुई टोली गरी कुल आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्लेअफमा शीर्ष चार स्थान हासिल गर्न सफल हुने टोलीहरू सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको ‘आइसिसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर्स’ का लागि छनोट हुनेछन् ।
आगामी यू-१९ एसिया कपलाई लक्षित गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । प्रतियोगिताको विशेष तयारीस्वरूप नेपाली युवा टोलीको बन्द प्रशिक्षण सोमबारदेखि पोखरामा सुरु हुनेछ । प्रशिक्षणका क्रममा खेलाडीहरूको खेल प्रदर्शन र क्षमताको मूल्यांकन गरेर अन्तिम टोली छनोट गरिने क्यानले जनाएको छ ।







गुरुङ बौद्ध धर्मको संरक्षण र
पाकिस्तानले शृंखला कब्जा गर्दा भारतको
इंग्लिस प्रिमियर लिग : लिभरपुलकै
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्यो ‘अपि
लोटो स्पोर्ट बन्यो सुदूरपश्चिम रोयल्सको
‘सुदूर कर्णाली सिंगिङ एण्ड डान्सिङ