जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आफ्नो पार्टी संघीयता विरोधी नभई संघीय संरचनालाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने पक्षमा रहेको बताउनुभएको छ।
जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद झाले प्रदेशसभा र प्रदेश परिषद्को अवधारणामार्फत संघीयतालाई अझ व्यवस्थित र सुदृढ बनाउनुपर्ने धारणा राख्नुभएको हो।
उहाँले मधेसमा गत निर्वाचनमा रास्वपाले उल्लेख्य मत प्राप्त गरेको उल्लेख गर्दै आगामी स्थानीय तहको निर्वाचनमा पनि एकजुट भएर पार्टीको पक्षमा माहोल बनाउन आग्रह गर्नुभयो।
‘हामी संघीयताको विरोधी होइनौँ, बरु संघीयतालाई अझ व्यवस्थित, चुस्त र दुरुस्त बनाउन चाहन्छौँ। हामी प्रदेशसभा र प्रदेश परिषद्को परिकल्पनातर्फ जान चाहन्छौँ,’ उहाँले भन्नुभयो।
सांसद झाले पार्टीभित्र आपसी विवाद गर्ने र एकअर्कामाथि आरोप–प्रत्यारोप लगाउने प्रवृत्तिले राजनीतिक लक्ष्य हासिल गर्न नसकिने बताउनुभयो। उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।
‘हामी एकजुट हुन आवश्यक छ। आफ्नै–आफ्नैबीच झगडा गर्न थालियो र एकअर्कामाथि झुटा आरोप–प्रत्यारोप लगाउन थालियो भने हामी कहीँ पुग्न सक्दैनौँ,’ उहाँले भन्नुभयो।
उहाँले अध्ययन, विचार र संस्कारमा आधारित सुसंस्कृत राजनीतिक अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
मधेशी समुदायबीच आपसी विवाद तथा आरोप–प्रत्यारोप गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उल्लेख गर्दै झाले सहकार्य, एकता र वैचारिक स्पष्टताका आधारमा अघि बढ्नुपर्ने बताउनुभयो।






रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान
न्यायाधीश बम हत्याका दोषी बाबु
बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि
आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब