क्यानका सचिव पारस खड्काले प्रतियोगिता सञ्चालनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको बताउनुभयो। चाडपर्वका कारण केही प्रक्रियागत काममा सामान्य ढिलाइ भए पनि प्रतियोगिता निर्धारित कार्यतालिकाअनुसार सञ्चालन हुने उहाँले स्पष्ट पार्नुभयो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक स्वीकृति प्राप्त प्रतियोगिता भएकाले यसको प्रभाव अन्तर्राष्ट्रिय स्तरमा समेत पर्ने खड्काको भनाइ थियो। त्यसैले खेलाडीको सहभागिता र प्रतियोगितासम्बन्धी समाचार प्रकाशन गर्नुअघि आधिकारिक स्रोतबाट जानकारी पुष्टि गर्न उहाँले सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो।
‘भोलिदेखि सुरु हुन गइरहेको सिद्धार्थ बैंक नेपाल टी–२० लिगको तयारी र गतिविधिबारे जानकारी गराउन हामी यहाँ उपस्थित भएका छौँ। प्रतियोगिताको करिब ९५ देखि ९९ प्रतिशत तयारी पूरा भइसकेको छ,’ खड्काले भन्नुभयो।
आईसीसीबाट स्वीकृति प्राप्त भएसँगै प्रतियोगिताप्रतिको जिम्मेवारी पनि बढेको उल्लेख गर्दै उहाँले खेलाडीको सहभागितालगायत विषयमा समाचार प्रकाशन गर्नुअघि क्यान वा सम्बन्धित टोलीसँग आधिकारिक जानकारी लिन आग्रह गर्नुभयो।
सम्बन्धित टोलीको व्यवस्थापन वा क्यानको आधिकारिक धारणा नबुझी खेलाडीबारे अपुष्ट विवरण सार्वजनिक हुँदा अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश जान सक्ने भन्दै संघले सञ्चारमाध्यमलाई सचेत गराएको हो।
खड्काले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, सम्बन्धित मन्त्रालय, सुरक्षा निकाय, स्वयंसेवक, टोली सञ्चालक, सरोकारवाला निकाय तथा सञ्चारमाध्यमलाई धन्यवादसमेत दिनुभयो। आगामी दिनमा पनि सबै पक्षको सहयोग निरन्तर रहने अपेक्षा उहाँले व्यक्त गर्नुभयो।







गुरुङ बौद्ध धर्मको संरक्षण र
पाकिस्तानले शृंखला कब्जा गर्दा भारतको
इंग्लिस प्रिमियर लिग : लिभरपुलकै
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्यो ‘अपि
लोटो स्पोर्ट बन्यो सुदूरपश्चिम रोयल्सको
‘सुदूर कर्णाली सिंगिङ एण्ड डान्सिङ