काठमाडौं । दशैँलगत्तै सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ११ हजार छ सय रुपैयाँ घटेर दुई लाख ७८ हजार पाँच सय रुपैयाँ कायम भएको छ । दशैँअघि गत असोज ३० गते सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार एक सय रुपैयाँ रहेकोमा आइतबार घटेर दुई लाख ७८ हजार पाँच सय रुपैयाँ कायम भएको हो ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । दशैँअघि प्रतितोला चार हजार एक सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक सय ९५ रुपैयाँले घटेर तीन हजार नौ सय ५५ रुपैयाँ कायम भएको छ ।
सामान्यतया अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर मजबुत हुँदा सुनको मूल्य घट्ने गर्दछ । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) को कडा मौद्रिक नीति, ब्याजदरसम्बन्धी पछिल्ला निर्णय र ऋणपत्रको प्रतिफलमा आएको बढोत्तरीका कारण डलर मजबुत बनेको छ ।
दशैँअघि अन्तर्राष्ट्रिय तथा स्थानीय बजारमा सुनले ऐतिहासिक रेकर्ड बनाएको थियो । मध्यपूर्वमा जारी द्वन्द्व, अमेरिका-इरान तनाव र युक्रेन युद्धका कारण पछिल्ला महिनामा सुन सुरक्षित लगानीका रूपमा अत्यधिक मागमा थियो तर पछिल्ला दिनमा तनाव थप चर्किन नदिने कूटनीतिक प्रयासहरू र युद्धविरामका चर्चाका कारण बजारमा भूराजनीतिक जोखिम केही मत्थर भएकाले पनि सुनको माग घटाउन भूमिका खेलेको बताइएको छ ।







एमाले केन्द्रीय कमिटीमा मनोनीत १३
दशैंसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल,
नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको
प्रस्तावित अमेरिकी राजदुत थापाको कार्ययोजनामाथि
दशैं आयो, ग्यास आएन :
एमालेमाथि घेराबन्दी चालु छ, एकजुट