काठमाडौं । नेपाल टेलिकमले हालै एफटिटिएच अर्थात् फाइबर टु द होममा आधारित एनटी फाइबरमा ल्याएको विशेष अफरका कारण धेरै ग्राहक आकर्षित भएका छन् । जसका लागि आवश्यक जानकारी लिन र नयाँ लाइन जडान गर्न १९८ नम्बरमा कल गर्न सकिने व्यवस्था गरिएको र त्यसमा धेरै चाप परेका कारण हाल यसको क्षमतासमेत वृद्धि गरिएको कम्पनीले जनाएको छ ।
ग्राहकले उक्त नम्बरमा कल गरेर आफूलाई पायक पर्ने स्थानका लागि नयाँ लाइन जडान गर्न सकिने व्यवस्था छ । त्यसैगरी अब अनलाइनमार्फत् समेत एनटी फाइबर जडान गर्न आवश्यक विवरण उपलब्ध गराउन र अन्य गुनासोसमेत दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । नेपाल टेलिकमले हालै चार हजार नौ सय ९९ रुपैयाँमा ३० एमबिपिएस प्याकेज उपलब्ध हुने व्यवस्था गरेको छ । त्यसैगरी अन्य विभिन्न प्याकेजसमेत उपलब्ध छन् ।






भारतीय महिला क्रिकेट टोलीकी नयाँ
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
नेपालमा चेस जेन टुको आधिकारिक
आजदेखि अन्तरवडा फुटसल
कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन
पारा एसियाली खेलकुद : आठ