काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण भोलि सोमबारबाट सुरू हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले आज यसबारे पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।
एनपीएलको तेस्रो संस्करणको एक महिनाको अवधिमा समग्र आर्थिक कारोबार करिव डेढ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ८० लाख रुपैयाँ पाउनेछन् भने तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यसपालि खेलाडीले अम्पायरको निर्णय चित्त नबुझेमा रिभ्यु माग गर्न पाउनेछन्। एलबीडब्लूका लागि थ्रीडी बल ट्र्याकिङ, ब्याट र बलको सम्पर्क पत्ता लगाउन एज डिटेक्सन तथा साउन्ड वेभ प्रविधि प्रयोग हुनेछ।
एनपीएलको तेस्रो सिजनलाई आईसीसीले स्याङ्सन दिएको छ। त्यसपछि प्रतियोगिता अन्तर्राष्ट्रिय टी–२० सरह गणना हुनेछ र खेलाडीका रन तथा विकेट अन्तर्राष्ट्रिय रेकर्डमा समावेश हुनेछन्। अघिल्लो सिजनसम्म कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा समर्थकका लागि दर्शकदीर्घा र फ्लडलाइट्स जडान भइसकेका थिए। यसपटक दर्शकका लागि थपिएका सुविधा र संरचना पनि एनपीएलका आकर्षण हुन्।
ऐतिहासिक ज्यामरुककोट : जहाँ ढुंगाले
निसीखोला बाढी : १० करोड
स्थायी कमिटी बैठक अघि ओलीलाई
जलवायु परिवर्तनप्रति विश्वका शक्ति राष्ट्र
भेट्रान्स फुटबलको विजेतालाई १३ लाख
सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा डडेल्धुराका