काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुहुने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा आज साँझ ५ बजेदेखि एनपीएलका खेलहरू सुरु हुँदैछन् । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री शाहले गर्नुहुने भएको हो ।
प्रधानमन्त्री शाहले आजै नेपाली क्रिकेटलाई शुभकामना पनि दिनुभएको थियो ।
करिब एक महिनासम्म सञ्चालन हुने प्रतियोगिताका लागि आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक विभिन्न नयाँ व्यवस्था गरेको छ । पहिलोपटक एनपीएलमा डीआरएस (डिसिजन रिभ्यु सिस्टम) प्रणाली लागू गरिएको छ । यसले खेलका क्रममा अम्पायरका निर्णयको पुनरावलोकन गर्न सहयोग गर्नेछ ।
त्यस्तै, विभिन्न देशका चर्चित विदेशी खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा आठ टोली सहभागी छन् । एनपीएलले नेपाली क्रिकेटको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्रिकेटलाई थप चिनाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।







सरकारले सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी
पचरौता नगरपालिकाका वडाध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दामा
परराष्ट्र मन्त्रालयले भन्याे : प्रधानमन्त्रीको
दशैँ–तिहार लक्षित बजार अनुगमन तीव्र,
इनम सापकोटा पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण
सेन्चुरी मसलाको नयाँ एयरटाइट जार