खोटाङ । खोटाङमा धारिलो हतियार खुकुरी प्रहारबाट चारजना घाईते भएका छन् । हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटार जारबुङ सिम्लेका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली आहालेमा गई धारिलो हतियार प्रहार गर्दा श्रीमतीसहित चारजना घाईते भएका हुन् ।
नइन्द्रकुमारले असोज ९ गते राती साढे १२ बजे आफ्नै ४० वर्षीया श्रीमती अन्जना राईलाई टाउको पछाडि प्रहार गर्दा उनी गम्भीर घाइते भएकी छन् ।
६२ वर्षीया सासुआमा स्यामाउन राईको टाउको र दाहिने हातमा तथा २५ वर्षीया साली तेनिना राईको टाउकोमा प्रहार गर्दा उनीहरु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जेठान नरेन्द्र राईको भने खुकुरी खोस्ने क्रममा दाहिने हातमा चोट लागेको छ । उनको अवस्था मध्यम छ ।
गम्भीर घाइतेहरुलाई नगर अस्पताल दुर्छिम ल्याई उपचारपछि थप उपचारमा हेलिकोप्टरबाट काठमाडौंस्थित एनएमसी अस्पताल लगिएको छ । नरेन्द्रको भने नगर अस्पताल दुर्छिममै उपचार भईरहेको छ ।
धारिलो हतियार प्रहार गरी फरार रहेका नइन्दकुमारलाई प्रहरी चौकी च्यास्मिटारबाट खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय दिक्तेलमा ल्याई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले बताउनुभयो ।
हराईरहेका व्यक्ति २२ दिनपछि मृत अवस्थामा फेला
हराईरहेका व्यक्ति २२ दिनपछि मृत अवस्थामा फेला परेका छन् । १८ असोजदेखी घरैबाट हराईरहेका खोटेहाङ गाउँपालिका-५ चिप्रिङका ४८ वर्षीय पर्शुराम विष्ट ८ कार्तिकमा मृत अवस्थामा फेला परेका हुन् ।
घर नजिकै रहेको जंगलमा घाँस काट्न गएको र घर फर्की नआएपछि उनको खोजतलास गरिएको थियो । खोजी गर्ने क्रममा जंगलमा नाम्लो मात्र रहेको र नाम्लोमा बाँधिएको बरियो डोरी नभएको भनि मृतकका दाजु रत्न कुमारले प्रहरी चौकी सिमपानीमा जानकारी गराएका थिए ।
उनको खोजीमा प्रहरी चौकी सिमपानीबाट प्रहरी सहायक निरीक्षक बिरेन्द्र कुमार साहको कमाण्डमा दुईजना प्रहरी खटेका थिए ।
प्रहरीसहितको टोलीले खोजी गर्दा घरबाट दक्षीण अन्दाजी ५ किलोमिटर टाढा इन्द्रेणीपोखरीको जंगलमा डोरीको पासो लगाई झुण्डी मृत सडेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टम गरी श्रीमतीले शव बुझेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बस्नेतले बताए ।







मन्त्रिपरिषद्को निर्णयः बिटौरी जग्गामा बसोवास
पोखरामा स्कुल बस दुर्घटना :
पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, शनिबारसम्म
सरकारले सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी
पचरौता नगरपालिकाका वडाध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दामा
परराष्ट्र मन्त्रालयले भन्याे : प्रधानमन्त्रीको