भक्तपुर । नेपाल भाषा साहित्य क्षेत्रमा छ दशकदेखि अतुलनीय योगदान पुर्याउँदै आउनुभएका भाषासेवी प्राध्यापक प्रेमशान्ति तुलाधरलाई विराट् नेपाल भाषा साहित्य सम्मेलनको ६५औं संस्करणमा अभिनन्दन गरिएको छ । भक्तपुरमा आयोजित सम्मेलनमा विभिन्न साहित्यकारले नेपाल भाषाका कविता तथा कथा वाचन गरेका थिए । प्रतियोगितात्मक साहित्य प्रस्तुतिमा २५ जना साहित्यकार सहभागी भएका थिए ।
प्रतियोगिताअन्तर्गत कविता विधामा सविना महर्जन प्रथम, मिमला शर्मा द्वितीय तथा शकुन्तला महर्जन र वसन्त नकर्मी तृतीय हुनुभयो ।त्यसैगरी, कथा विधामा राकेश महर्जन प्रथम, रासा द्वितीय र महर्जन रत्न तृतीय हुनुभयो । कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.नर्मदेश्वर प्रधानले संस्थाको मुखपत्र ‘ह्याउँबाला’ को अंक ३५ तथा ‘भाषासेवी प्रा.प्रेमशान्ति तुलाधर’ नामक पुस्तिकाको लोकार्पण गर्नुभयो ।
सम्मेलनका अवसरमा नेपाल भाषा विषयमा उत्कृष्ट नतिजा हासिल गर्ने विभिन्न तहका विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो । स्नातकोत्तर तहमा नेपाल भाषा विषयमा सर्वाधिक अंकसहित उत्तीर्ण हुने शकुन्तला महर्जन (२०८१) र भिक्षु सोमरतन महर्जन (२०८२) लाई ‘विराट् सुरत्न सिरपाः’ प्रदान गरियो ।
यसैगरी, ‘विराट् नेपाल भाषा पदक’ जगतसुन्दर ब्वनेकुथी, चागः, काठमाडौंका विद्यार्थी फिदा खातुन (२०८१) र कजना श्रेष्ठ (२०८२) लाई प्रदान गरिएको थियो । नेपाल भाषा साहित्यको प्रवर्द्धन, संरक्षण र विकासमा योगदान पुर्याउने साहित्यकार तथा प्रतिभालाई सम्मान गर्दै सम्मेलनले भाषा र साहित्यप्रतिको नयाँ पुस्ताको आकर्षण बढाउने प्रयास गरेको छ ।







एक दिनमा ५० पटकसम्म वालेटमा
कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकियो
अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्यो
सरकार सैद्धान्तिक विचलनमा फस्यो :
प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा
म्युचुअल फण्डमा नयाँ लगानीका ढोका