भक्तपुर । सूर्यविनायक नगरपालिकामा सञ्चालित सूर्यविनायक अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० (चित्तपोल) ले जितेको छ । फाइनलमा वडा नं. ९ (नंखेल) लाई तीन-एक गोल अन्तरले पराजित गर्दै वडा नं. १० ले उपाधि हात पारेको हो ।
सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा वडा नं. ९ उपविजेता बनेको छ । त्यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा वडा नं. ४ (दधिकोट) ले वडा नं. ८ (सिपाडोल) लाई चार-एक गोल अन्तरले हराउँदै तृतीय स्थान हासिल गरेको छ । वडा नं. ८ ले सान्त्वना स्थान प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीमध्ये वडा नं. १० का युग देउजा सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । सोही वडाका रोजित खत्री सर्वाधिक गोलकर्ता र अश्विन देउजा उत्कृष्ट गोलकिपर बन्नुभयो । उपविजेता वडा नं. ९ का प्रशिक्षक दिपेश खत्री उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह नगर खेलकुद विकास समितिका सदस्य-सचिव दीपक थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । समारोहमा सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापा प्रमुख अतिथि तथा नेपाल जिम्नास्टिक संघका उपाध्यक्ष बचन देउजा विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
समारोहमा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा वडा सदस्य, खेलकुदप्रेमी, स्थानीय बासिन्दा र सञ्चारकर्मीको उपस्थिति थियो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिलगायतले विजेता टोली, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई ट्रफी र प्रमाणपत्र प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।







झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका