काठमाडौं । नेपालको ठूलो ओटीटी प्लेटफर्म डिगोले नेपाल तथा विदेशमा रहेका नेपाली दर्शकलाई लक्षित गर्दै आफ्नो प्लेटफर्ममा नेपाली चलचित्रको संग्रह विस्तार गरेको छ । डिगोले ‘लालीबजार’मार्फत नयाँ नेपाली चलचित्रहरू उपलब्ध गराउन सुरु गरेको हो ।
डिगोमा मासिक २४९ रुपैयाँको सदस्यता लिएर ‘मन बिनाको धन’, ‘माइतीघर’ लगायतका नेपाली चलचित्र हेर्न सकिनेछ । त्यस्तै, छिट्टै ‘जनै हराएको मान्छे’ र ‘सोल्टिनी’लगायत चलचित्र पनि प्लेटफर्ममा उपलब्ध गराइने जनाइएको छ ।
विशेषगरी प्रवासमा रहेका नेपाली दर्शकलाई सहज र झन्झटरहित रूपमा नेपाली चलचित्र उपलब्ध गराउने उद्देश्यले चलचित्रको लाइब्रेरी विस्तार गर्न लागिएको डिगोले जनाएको छ । कम्पनीका अनुसार हरेक साता नयाँ नेपाली चलचित्रहरू थपिँदै जानेछन् ।
डिगोको एउटै सदस्यतामार्फत प्लेटफर्ममा उपलब्ध चलचित्र, लाइभ स्पोर्ट्स, रियालिटी शोका साथै जिओहटस्टारका सामग्रीसमेत हेर्न सकिनेछ । यसले दर्शकलाई एउटै प्लेटफर्मबाट विभिन्न विधाका मनोरञ्जनात्मक सामग्री हेर्ने सुविधा दिने कम्पनीको भनाइ छ ।
जिओहटस्टारमार्फत ‘भेडिया’, ‘टुवेल्थ फेल’, ‘केसरी च्याप्टर २’, ‘सुपर ३०’ र ‘वेलकम टु द जंगल’जस्ता चलचित्र उपलब्ध छन् । त्यसैगरी, ‘हुंकार’, ‘प्रितम एण्ड पेड्रो’, ‘अलिबाबा और ४० भूत’, ‘स्पेसल अप्स’ र ‘चिरैया’लगायतका जिओहटस्टार ओरिजिनल सामग्री पनि डिगोमा हेर्न सकिने जनाइएको छ ।
यसका अतिरिक्त हिन्दी भाषामा उपलब्ध ‘बेथेलहेम कुटुम्ब युनिट’ र ‘थुडक्म’ जस्ता दक्षिण भारतीय फिल्मका साथै ‘बिग बोस’, ‘इन्डियाका टप १ पर्सेन्ट’ र ‘कफी विथ करण’जस्ता लोकप्रिय रियालिटी तथा मनोरञ्जनात्मक कार्यक्रम पनि प्लेटफर्ममा समावेश छन् ।
नेपाली चलचित्र, अन्तर्राष्ट्रिय फिल्म, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमलाई एउटै सदस्यतामा उपलब्ध गराउने योजनासहित डिगोले आफ्नो सामग्रीको दायरा फराकिलो बनाउँदै लगेको छ । नियमित रूपमा नयाँ नेपाली चलचित्र थप्ने योजनाले स्वदेश तथा विदेशमा रहेका नेपाली दर्शकलाई नेपाली चलचित्रसँग जोड्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।






लुम्बिनीका ७ प्रतिशतभन्दा बढी बालबालिका
गण्डकीका मुख्यमन्त्री पाण्डेलाई दीर्घकालीन निर्णय
साढे ५ घण्टा ढिलो कांग्रेस
भोजपुरमा २४४ किलोभन्दा बढी गाँजासहित
मलंगवामा एक लाख घुससहित इन्जिनियर
कांग्रेसको १५औँ महाधिवेशन अहिलेसम्मकै ऐतिहासिक