काठमाडौं । यस वर्षको पद्मश्री साहित्य पुरस्कार उपन्यास ‘सलह’का लागि साहित्यकार श्रवण मुकारुङलाई प्रदान गरिएको छ । खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले मुकारुङलाई सोमबार काठमाडौंमा आयोजित एक विशेष समारोहबीच उक्त पुरस्कार प्रदान गर्ने गरेको हो ।
प्रतिष्ठानका अनुसार पुरस्कारका लागि प्राप्त १९२ पुस्तकमध्ये विस्तारित सूचीमा परेका १५ र संक्षिप्त सूचीमा समेटिएका पाँच कृतिमाथि मूल्यांकन गरी ‘सलह’ छनोट गरिएको हो ।
उपन्यास ‘सलह’ले नेपाली समाजका सीमान्तकृत आवाज, लैंगिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढंगले प्रस्तुत गरेको प्रतिष्ठानले जनाएको छ । सामाजिक यथार्थ र सीमान्त समुदायका अनुभवलाई साहित्यिक अभिव्यक्ति दिएको कृतिका रूपमा ‘सलह’लाई पुरस्कारका लागि छनोट गरिएको हो ।
यसैगरी, यस वर्षको पद्मश्री साधना सम्मान साहित्यकार कृष्ण धरावासीलाई प्रदान गरिएको छ । ‘शरणार्थी’, ‘राधा’ र ‘आधा बाटो’ लगायत ३२ कृतिका लेखक धरावासीले झन्डै दुई दर्जन ग्रन्थको सम्पादनसमेत गर्नुभएको छ ।
धरावासीले विशेषतः आख्यानका माध्यमबाट सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद तथा इतिहासका उपेक्षित पक्षलाई उत्तरआधुनिक साहित्यिक शैलीमा प्रस्तुत गर्दै आउनुभएको छ । नेपाली साहित्यमा उहाँको योगदानको कदर गर्दै प्रतिष्ठानले उहाँलाई पद्मश्री साधना सम्मान प्रदान गरेको हो ।
त्यस्तै, यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा.डा. जयराज आचार्यलाई प्रदान गरिएको छ । नेपाली, अंग्रेजी र संस्कृत भाषाका ज्ञाता आचार्य परराष्ट्र नीति तथा कूटनीतिका अध्येता हुनुहुन्छ । उहाँले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्बन्धी दर्जनभन्दा बढी कृति लेख्नुभएको छ । बहुभाषिक अध्ययन तथा साहित्य, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा पुर्याएको योगदानका लागि आचार्यलाई पदुमश्री गौरव पुरस्कार प्रदान गरिएको हो ।
खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले यी सम्मान तथा पुरस्कार नेपाली साहित्य र बौद्धिक क्षेत्रमा योगदान पुर्याउने स्रष्टा तथा व्यक्तित्वको सम्मानसँग सम्बन्धित रहेको बताउनुभयो । पुरस्कारको राशि जनही अक्षरेपी तीन लाख तथा सम्मानपत्र छ ।







पाँच पाण्डव’मा द्रौपदीको भूमिकामा इभा
जलवायु न्याय माग्ने नेपालको आधार
कञ्चनपुरमा १६ लाख ८७ हजार
वेस्ट बैंकमा यहुदी बस्ती विस्तारकको
पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई
काँग्रेसलाई नयाँ पुस्ताको जोश र