काठमाडौं । हिमालय नेपाल कृषि कम्पनीको पहिलो वार्षिक साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । कम्पनीको काठमाडौंमा आयोजित प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका प्रबन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले आर्थिक वर्ष २०८२/८३ को समीक्षा तथा २०८३/८४ को प्रस्तावित नीति तथा कार्यक्रममा कम्पनीको उत्पादनदेखि विश्वबजारसम्म भन्ने नारासहित विशेष रणनीति तथा व्यवस्थापन प्रतिज्ञापत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले नेपालको कृषि क्षेत्रमा अपार सम्भावना हुँदाहुँदै पनि परम्परागत उत्पादन प्रणाली, आधुनिक प्रविधिको सीमित प्रयोग, उत्पादन र बजारबीचको कमजोर सम्बन्ध, प्रशोधन तथा मूल्य अभिवृद्धिको अपर्याप्तता चुनौतीका रूपमा रहेको बताउनुभएको थियो । जसलाई अवसरमा रूपान्तरण गर्दै नेपाली कृषिलाई आधुनिक, वैज्ञानिक, प्रविधिमैत्री, वातावरणमैत्री तथा व्यावसायिक बनाउने, स्वदेशी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, कृषि उपजको प्रशोधन, बजारीकरण र निर्यात प्रवर्द्धन गर्ने तथा कृषकको आम्दानी र राष्ट्रिय अर्थतन्त्रमा योगदान बढाउँदै आयात निर्भरता क्रमशः घटाउने दीर्घकालीन सोचसाथ कम्पनीको स्थापना गरिएको उहाँको भनाइ थियो ।
शर्माले कम्पनीको उद्देश्य केवल कृषि उत्पादन गर्ने वा कृषि वस्तु किनबेच गर्ने कम्पनी बन्नुमात्र नभई उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण, कृषि सामग्री आयात, स्वदेशी उत्पादन निर्यात, कृषि जग्गा उपयोग, पानी प्रशोधन, जैविक मल उत्पादन र कृषि उद्यमको संस्थागत एकीकरणसम्मका सम्भावनालाई एउटै व्यावसायिक प्रणालीमा जोड्न चाहेको बताउनुभएको थियो । कृषि परियोजनाको विकास बेनी नगरपालिका–४, सिंगास्थित कृषि परियोजनालाई कम्पनीको महत्त्वपूर्ण सञ्चालन आधारका रूपमा विकास गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । कुखुरापालन, माछापालन, तरकारी उत्पादन, बाख्रापालन र रेस्टुरेन्ट सेवालाई एकीकृत गरी विभिन्न आम्दानीका स्रोत निर्माण गर्ने योजना रहेको पनि कम्पनीले जनाएको छ ।
कम्पनीको गैरचालु सम्पत्ति चार करोड ८६ लाख, चालु सम्पत्ति पाँच करोड ३१ लाख र कुल सम्पत्ति १० करोड १७ लाख रुपैयाँ रहेको बताइएको छ । त्यसैगरी सेयर पुँजी तीन करोड ७० लाख, अग्रिम सेयर पुँजी पाँच करोड ७९ लाख र सञ्चित कोष तथा जगेडा सात लाख ३७ हजार रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०८३/८४ को प्रमुख लक्ष्य १८ करोडको बिक्री कारोबार, आर्थिक वर्ष २०८३/८४ का लागि कम्पनीको प्रस्तावित बिक्री कारोबार लक्ष्य १८ करोड रहेको र सम्भव भएसम्म वार्षिक १० देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने लक्ष्य कम्पनीको रहेको जनाएको छ । कम्पनीकी अध्यक्ष प्राडा चण्डिका पण्डितले एकीकृत व्यावसायिक मोडलको उद्देश्यसहित निर्वाहमुखी कृषिलाई उत्पादनशील, प्रतिस्पर्धी र किसान केन्द्रित प्रणालीमा रूपान्तरण गर्नु नै कम्पनीको मुख्य उद्देश्य भएको बताउनुभएको थियो ।







दुई महिनाका लागि ७० अर्ब
दशैँमा घर फर्किने यात्रुको गोंगबु
चौध वर्षीया बालिकालाई जबरजस्ती करणी
दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा
पोखरा स्कुल बस दुर्घटना :
लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१