काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-१० मा बस्दै आएका झापा मेचीनगर नगरपालिका-६ का ४४ वर्षीय संजय सुवेदी र चितवनको राप्ती नगरपालिका-१ की ३४ वर्षीया मधु मालती स्याङताङ रहेका छन् ।
प्रहरीकाअनुसार संजयले मलेसिया पठाइदिने भन्दै एक जना पीडितबाट ७ लाख रुपैयाँ र मधु मालतीले अर्का एक जना पीडितबाट २ लाख रुपैयाँ लिएका थिए । रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए ।
उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-१४ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं