काठमाडौं । चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्ने २५ वर्षीय विकास पोदार, ४६ वर्षीया विणा देवी, चन्द्रागिरि नगरपालिका-१० सतुंगल बस्ने १९ वर्षीय राजु पोदार र २३ वर्षीय राजेन्द्र कुमार रहेका छन् ।
काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित तासिङडोल मार्गमा बस्ने सीता थपलियाको फ्ल्याट र निरञ्जन नेपालको घरबाट नगद, सुन तथा चाँदीका गरगहनालगायत धनमाल चोरी भएको घटनाको अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना, १६ थान मोबाइल, १० थान घडीलगायतका सामग्री बरामद गरेको जनाएको छ ।
पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको प्रहरीले जनाएको छ ।







दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको
कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता