काठमाडौं । १६औँ अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी-२०२६) आगामी नोभेम्बर २८ र २९ मा मेलबर्नमा आयोजना हुने भएको छ । आइओएफटिसी अष्ट्रेलिया लिमिटेडको आयोजनामा हुने प्रतियोगितामा विभिन्न देशका खेलाडी, प्रशिक्षक तथा तेक्वान्दो क्लबहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
सन् २००० मा नेपालको काठमाडौंमा ग्राण्डमास्टर दिवाकर ‘डान’ महर्जनको पहलमा सुरु भएको आइओएफटिसीले तेक्वान्दो खेलमार्फत् अन्तर्राष्ट्रिय मित्रता, खेल भावना र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्दै आएको छ । सन् २०२६ को यस प्रतियोगिता अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमको १६औँ संस्करण हो ।
प्रतियोगिताका अध्यक्ष महादेव धानुक नेपालका पूर्व तेक्वान्दो खेलाडी, एभरेस्ट तेक्वान्दो स्कुल भिक्टोरियाका संस्थापक, निर्देशक तथा मुख्य प्रशिक्षक हुनुहुन्छ । उहाँ गैरआवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरियाका राज्य संयोजकसमेत हुनुहुन्छ ।
अध्यक्ष धानुकले प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने, अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने र विभिन्न देशका खेलाडीबीच मैत्री सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गर्ने बताउनुभयो । उहाँले प्रतियोगितालाई सफल बनाउन खेलाडी, क्लब, प्रशिक्षक, अभिभावक, स्वयंसेवक तथा प्रायोजकहरूलाई सहकार्य गर्न आह्वान गर्नुभएको छ ।




बुढीगण्डकी बाढीले क्षतिग्रस्त सोतीलाई पुरानै लयमा
जापानका लागि प्रस्तावित राजदूत थापाबारे
बैंकमा साढे १२ खर्ब तरलता,
जुवातास खेलिरहेको अवस्थामा १६ जना
जलवायु परिवर्तनले नेपालमा पारेको क्षति
लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना