काठमाडौं । भारतमा आयोजित तेस्रो विश्व अराशी एमएमए च्याम्पियनसिप २०२६ मा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै सात स्वर्ण, चार रजत र दुई कांस्य गरी कुल १३ पदक जित्न सफल भएका छन् । पञ्जावको लुधियानामा सम्पन्न भएको प्रतियोगितामा नेपाली खेलाडीहरूले विभिन्न तौल समूह तथा विधामा प्रतिस्पर्धा गर्दै पदक जितेका हुन् ।
नेपालका लागि ओमप्रकाश कोलीले ५० केजी तौल समूहमा, सोनी तामाङ महिला ५० केजी तौल समूहमा, प्राञ्जल बोहोरा पुरुष ३० केजी तौल समूहमा, फुर्साङ तामाङ महिला ४२ केजी तौल समूहमा, शीतल कोली महिला ४० केजी तौल समूहमा, सिर्जना बिसी महिला ४६ केजी तौल समूह र प्रयास खत्रीले पुरुष ५८ केजी तौल समूहमा स्वर्ण पदक जित्नुभएको छ ।
त्यसैगरी तुफान खड्का, उत्सव पुरी, सुभास चौधरी र करण सिर्पालीले रजत पदक प्राप्त गर्नुभयो भने सिद्धार्थ साउद र समीर विकले कांस्य पदक हात पार्नुभयो । प्रतियोगितामा नेपालसहित कजाकस्तान, रसिया, अजरबैजान, ताजकिस्तान, जर्मनी, पाकिस्तान, बंगलादेश, तुर्कमेनिस्तान, अफगानिस्तान, भारत, न्युजिल्याण्ड, किर्गिस्तानलगायतका देशले सहभागिता जनाएको अन्तर्राष्ट्रिय प्रशिक्षक एवं पूर्व नेपाली राष्ट्रिय खेलाडी निकेश श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाली टोलीमा पदम ठकुल्ला र विजयकुमार सोनी प्रशिक्षकका रूपमा सहभागी हुनुहुन्थ्यो । त्यस्तै निश्चल केसी र सुमित सोनीले निर्णायकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । टोली व्यवस्थापकमा आलिक राई हुनुहुन्थ्यो भने टिम लिडर जोन तामाङ रहनुभएको थियो ।
प्रतियोगितामा प्राप्त यस उपलब्धिले नेपालमा अराशी एमएमए खेलको विकास, विस्तार र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । प्रतियोगितामा सहभागी हुनुअघि नेपाल अराशी एमएमए संघले कम्ब्याट फिटनेसमा एक कार्यक्रम आयोजना गरी नेपाली खेलाडी तथा टोलीका सदस्यहरूलाई बिदाइ गरेको थियो ।






संविधानप्रदत्त अधिकार नपाउँदा कार्यसम्पादन प्रभावितः
एन्फाको स्वीकृतिबिनै नेपाल फुटबल लिग
सिद्धार्थ बैंकको मोबाइल एपमा ‘एनपीएल
बागलुङमा बोलेरोको ठक्करबाट चार वर्षीय
बहसमा बेनी बजार : सदरमुकाम
एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता,