काठमाडौं । वासु शशी स्मृति परिषद्ले ११ जना वरिष्ठ स्रष्टालाई ‘वासु शशी साहित्य सम्मान २०८३’ प्रदान गर्ने निर्णय गरेको छ । सम्मानित हुने स्रष्टाहरूमा खगेन्द्र संग्रौला, डा.डीआर उपाध्याय, बुलु मुकारुङ, रामप्रसाद पन्त, लोकेश ढकाल, धनवन्तरी मिश्र कात्यायनी, राजेन्द्र शलभ, प्रमोद ढुंगाना, शीला पन्त, सुमन वर्षा र अञ्जु शर्मा रहनुभएको छ । परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।
परिषद्का सदस्य-सचिव प्रद्युम्न जोशीका अनुसार सम्मान प्रदान गर्ने कार्यक्रम आगामी मंसिर १८ गते काठमाडौं महानगरपालिका-७ मा आयोजना हुनेछ । सुवर्णपुर सम्पदा संरक्षण समितिको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
साहित्य तथा सिर्जनाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका स्रष्टाहरूको सम्मान र योगदानको कदर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको परिषद्ले जनाएको छ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं