नेपाली कांग्रेसको १५औं महाधिवेशन भर्खरै सम्पन्न भएर गगनकुमार थापाको नेतेत्वमा नवीन कार्य समिति चयन गरिएको छ । गगनको विषेश महाअधिवेशनबाट आरम्भ भएको नेतृत्व लिने प्रयास अन्ततः अब सकिएको छ । यसबीचमा अनेक प्रकारका उतारचढाव पनि आए । यसबीच संसदीय निर्वाचन पनि भयो त्यसमा पार्टी पराजित भई सानो भएर खुम्चन पनि बाध्य बन्यो । उता पाँच दशक लामो राजनीतिक यात्रामा शेरबहादुर देउवा भने आजकल असन्तुष्ट पक्षको टीका लागाउने अवस्थामा पुगेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका देउवा आज एकाएक किन यसरी पार्टी नै फुटाउनका लागि उद्धत बनेका हुन् ? प्रश्न जटिल रहेको देखिन्छ ।
आमयुवाहरूको चाहना समयको माग, नेतृत्वमा आएको सुस्तता र स्वार्थका कारणले पार्टीमा निराशा छाएको थियो । त्यसलाई चिर्नका लागि कसैले त पहल गर्नुपर्ने थियो । त्यो कार्य गगन, विश्व, गुरु, पुष्पा, डिला र प्रदीपहरूले आँट गरेर विशेष महाधिवेशन गरी सिनियर नेताहरूलाई चुनौती दिएका थिए । अब भने नयाँ महाधिवेशनमार्फत पार्टीको वैधानिकतासमेत प्राप्त गरेको अवस्था छ ।
सम्योग भनौं या जियोजित के हो ? त्यो जान्न सकिएको छैन । तीन पुत्र जो इतिहास रच्न सफल पिताहरू थिए तिनले सही कार्य गर्न भने सकिरहेका छैनन् जस्तो लाग्छ । जीवनको उत्तरार्धतिरको यस यात्रामा किन तिनले पार्टी एक बनाउन सकेनन् ? केका लागि दुईवटा अधिवेशनको तयारीमा जुटेका हुन् ? के यसले लोकतन्त्रको विकासमा टेवा पुग्छ ? यस्ता जटिल र महत्त्वका सवालमा के जवाफ दिने हुन् त्यो भने भविष्यले निर्धारण गर्ला । वरिष्ठ नेता शेरबहादुर देउवा विदेशबाट चुनदेवी नगई आठ दशजना साथीहरूका साथमा सानेपा गएर ल गगन पार्टी सम्हाल्ने जिम्मा अब तिम्रो हो मलाई केही पनि चाहिँदैन मात्र भनेको भए गगन पक्षलाई नैतिक दवावमा परेर १५औं महअधिवेशन एकताको बन्ने निश्चित थियो तर त्यसो हुन सकेन यसमा देउवा समूह चुकेकै हो ।
ऋाज विद्यार्थी राजनीतिबाट अनेकौं हण्डर र ठक्कर खाएर आएका युवा गगनले नेतृत्व सम्हालेका छन् । किन यस्तो अवस्थाको सिर्जजन भयो ? किन दुबै कांग्रेस एकै स्थानमा एउटै अधिवेशनमा जुट्न सकेन भन्ने प्रश्न पनि उठेको छ । तीन पुत्रहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र शशांक गगनको टिममा समावेश हुनसकेनन् ? यसमा कृष्णप्रसाद सिटौला पनि सहभागी भएका छन् । जो लामो समय नेपाली कांग्रेसको मात्र नभई लोकतन्त्रका लागि लडेर जेलनेलको सामना गरी यहाँसम्म आएका हुन् । आज यिनीहरूमा किन यस्तो विचार आयो कि एउटै कांग्रेस बनाएर सबै अटाउने मजबुत पार्टी बनाएर युवा पुस्तामा नेतृत्व सुम्पने वातावरण किन निर्माण गर्न सकिएन ? इतिहासले क्षमा देला त ? भन्ने सवाल जटिल भएर आएको छ । आजको नयाँ परिवेशमा एक ढिक्का भएर जानुपर्ने दलले किन यस्तो क्रियाकलाप गरिरहेको छ भन्ने चिन्ता आम लोकतन्त्रप्रेमीहरूमा उठेको छ ।
अब गगनको जम्बो टोलीले कांग्रेसको नेतृत्व गर्नेछ । वडा तहदेखि नै नवयुवालाई सहभागी गराई नवीन तरिकाले महाअधिवेशन सम्पन्न गरी आफ्नो तेतृत्वमा अगाडि बढेको छ । विद्यार्थी राजनीतिदेखि नै लोकतन्त्रका लागि लड्दै आएका होनहार युवाको काँधमा पुरानो प्रजातान्त्रिक पार्टीको जिम्मा आएको छ । अबका दिनमा आमनागरिकमा नवीनताको अनुभूति गराउनु गगनका लागि चुनौती बनेको छ । सरकारमा रहेका दलप्रति पनि सहकार्य र सुसम्बन्ध बनाएर अगाडि बढ्नुपर्ने भएको छ भने आमनेपाली नागरिकमा अब केही सुधार र परिवर्तनको बाटोमा अवश्य नै कांग्रेस जानेछ भन्ने सुनिश्चितता पनि जगाउनुछ । यसका लागि प्रजातान्त्रिक तरिकाले पार्टीमा पारदर्शिता सुशासन अनि आन्तरिक लोकतन्त्रमा समेत जोड दिनुपर्छ ।
आमयुवाहरूको चाहना समयको माग, नेतृत्वमा आएको सुस्तता र स्वार्थका कारणले पार्टीमा निराशा छाएको थियो । त्यसलाई चिर्नका लागि कसैले त पहल गर्नुपर्ने थियो । त्यो कार्य गगन, विश्व, गुरु, पुष्पा, डिला र प्रदीपहरूले आँट गरेर विशेष महाधिवेशन गरी सिनियर नेताहरूलाई चुनौती दिएका थिए । अब भने नयाँ महाधिवेशनमार्फत पार्टीको वैधानिकतासमेत प्राप्त गरेको अवस्था छ । आगामी दिनमा पार्टीप्रति आमनागरिकको विश्वास घट्दैगएको विद्यमान अवस्थाबाट माथि उठाउनका लागि जनविश्वास फर्काउने चुनौती छ । स्थानीय तहको निर्वाचन निकट आउँदै गरेकाले यसमा पनि आफ्नो परीक्षण हुनेछ । गुमेको जनमत पुनः फर्काउने कार्य पनि ज्यादा चुनौतीको रूपमा रहेको देखिन्छ ।
नेपालको प्रजातन्त्र र लोकतान्त्रिक आन्दोलको नेतृत्वमा रहेर आएको पुरानो पार्टीको सभापतिका हैसियतले पनि गगनको जिम्वेवारी ज्यादा रहन्छ । आफ्नो दलभित्र मात्र नभई अन्य दललाई समेत कतिपय अवस्थामा विश्वासमा लिएर जान सक्नुपर्छ । त्यसका लागि पनि गगनले निकै ध्यान दिनुपर्ने हुन्छ । आगामी स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने वातावरणको सिर्जना गर्न निकै गम्भिरताका साथ कार्यसम्पादनमा जुट्नुपर्ने हुन्छ ।
अब रह्यो सवाल पाका र विरासद बनाएका नेताहरूलाई एकै स्थानमा जुटाएर सिंगो पार्टी निर्माणको कार्य उत्तिकै असहज छ । त्यसमा पनि गगनले निकै ठूलो कसरत गर्नुपर्ने देखिन्छ । आखिर नेतृत्वमा रहनेले हरेक जटिल अवस्थाको सामना गरी आफू अनुकूल समय र पार्टीलाई लिएर अगाडि बढ्नुपर्छ जुन सहज भने छैन । युवा र जुजारु टिमको नेतृत्वमा रहेर आमनागरिकहरूको मन जित्ने गरी संगठन र लोकतन्त्रका पक्षमा कार्य सम्पादन गरी बढो सुझबुझपूर्ण तरिकाले सम्हालेर अगाडि जानुपर्छ । आमजनचाहना भनेको युवा नेतृत्व हो तर युवामात्र भनेर हुँदैन किनभने बहर दाउने काममा बुढो गोरु नभई हुँदैन भन्ने वास्तविकता न ख्याल गर्नुपर्छ ।
नेपालको प्रजातन्त्र र लोकतान्त्रिक आन्दोलको नेतृत्वमा रहेर आएको पुरानो पार्टीको सभापतिका हैसियतले पनि गगनको जिम्वेवारी ज्यादा रहन्छ । आफ्नो दलभित्रमात्र नभई अन्य दललाई समेत कतिपय अवस्थामा विश्वासमा लिएर जान सक्नुपर्छ । त्यसका लागि पनि गगनले निकै ध्यान दिनुपर्ने हुन्छ । आगामी स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने वातावरणको सिर्जना गर्न निकै गम्भीरताका साथ कार्यसम्पादनमा जुट्नुपर्ने हुन्छ । विश्वप्रकाश, प्रदीप, पुष्पा, डिला, चन्द्र, मधुलगायत नेतावर्गलाई साथमा लिएर आगामी यात्रा तय गर्नुपर्छ । पार्टीको आधार वा जगका रूपमा रहेका भ्रातृ संगठनहरूको अधिवेशन गराई त्यसमा सही नेतृत्व छनोट गर्ने अवसर सिर्जना गर्दै तरुण दल, महिला संघ, नेविसंघलगायत दर्जनौं संस्थाहरू जुन पार्टीका लागि रक्तसञ्चारसमेत हो त्यहाँ नयाँ नेतृत्व छनोट गरी पार्टीको प्रमुख निकाय वा अवयव मजबुत बनाउनु अर्को चुनौती देखिन्छ । ती संघहरू लामो समयदेखि तदर्थ समितिको भरमा चलेका छन् ।
गगनको अवसर भनेको यस अवस्थामा निकै विचार र मनन् गर्दै सबै पक्षका साथीलाई समेटेर एकताबद्ध बनाई संगठनलाई बलियो र जनताको विश्वासिलो पार्टीको रूपमा प्रस्तुत गराई पुनः गुमेको साख फर्काउनुपर्नेछ । हरेक पटक अन्तरदल विद्रोह गरी यहाँसम्म आएका नेताले दूरदर्शी भई आगामी दिनमा पार्टी सफल बनाउने दिशामा उदाहरणीय बन्ने कार्य सहज भने देखिँदैन तर पनि समस्यासँगै समाधान हुने भएकाले यसलाई अवसर ठानेर कार्यसम्पादनमा इमानदार भई लाग्नुपर्छ । निरन्तरको सकारात्मक प्रयासपछि निश्चय सफलता हात लाग्नेछ । सहकर्मी र सहपाठी जुझारु टिममा रहेर अभिभावकीय भूमिका निर्वाह गर्दै आगामी मार्ग सुगम बनाउँदै जानुपर्छ ।
विश्व परिवेश र आमनागरिकको चाहना अनि लोकतन्त्रको रक्षार्थ पनि निकै गम्भीर भएर कार्य क्षेत्रमा इमानदारिताका साथ खट्नुपर्छ । आगामी चार वर्षका लागि पुरानो पार्टीको नेतृत्व सम्हालेर पहिलेको अवस्थामै लैजानका लागि धेरै पसिना र मिहिनेतको खाँचो हुन्छ । जुन गगनले पूरा गर्न सक्नेछन् भन्ने विश्वास आमनागरिकमा छ । ती विश्वासलाई व्यवहारमा प्रदर्शन गर्ने सुवर्ण अवसर आज गगनले पाएका छन् । सानो घेराभित्र रहेर झिनामसिना समस्यामा अल्झनु भने हुँदैन । युवा र विद्यार्थीकालदेखि आन्दोलनबाट अगाडि बढ्दै आएका उनमा परिपक्वता रहेको देखिन्छ । ती सबै आज उनका लागि महत्त्वपूर्ण हतियार बनेका छन् । जे होस् गगनले पार्टी र लोकतन्त्र अनि आमनागरिकको चाहना ख्याल गरी कदम चाल्नेछन् भन्ने आशा गर्न सकिन्छ । सुखद् कार्यकालका लागि हार्दिक शुभकामना ।






भारतीय महिला क्रिकेट टोलीकी नयाँ
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
नेपालमा चेस जेन टुको आधिकारिक
आजदेखि अन्तरवडा फुटसल
कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन
पारा एसियाली खेलकुद : आठ