काठमाडौं । रोटरी क्लब अफ कपन(काठमाडौं)ले आफ्नो १०औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । सहकारी महासंघका उपाध्यक्ष एवं ज्येष्ठ नागरिक डिबी बस्नेतको प्रमुख आतिथ्यमा स्थापना दिवस मनाइएको क्लबकी अध्यक्ष मञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष प्रह्लाद दाहाल, पूर्वअध्यक्षहरू शिवहरि खनाल, डा. राजु पी कोन्दन लामा तथा सुचिता काफ्ले, वर्ष २०२७/२८ का प्रेसिडेन्ट दीपकचन्द्र गौतम, उपाध्यक्ष दीपप्रसाद धमला, कोषाध्यक्ष श्रीकृष्ण भण्डारी र सदस्यहरू टीकाप्रसाद घिमिरे, रामभक्त दाहाल, रमेश सञ्जेल, हिराकाजी महर्जन, नविना महर्जनलगायतको उपस्थिति रहेको थियो ।
क्लबकी अध्यक्ष श्रेष्ठले क्लबको १०औँ स्थापना दिवसका अवसरमा सम्पूर्ण सदस्यलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि समाज सेवाका गतिविधिलाई निरन्तरता दिन सबैको साथ, सहयोग र सक्रिय सहभागितामा जोड दिनुभएको थियो । क्लबका वर्ष २०२७/२८ का प्रेसिडेन्ट दीपकचन्द्र गौतमले रोटरी क्लब अफ कपनले स्वदेश तथा विदेशमा आफ्नो सम्पर्क र सम्बन्ध विस्तार गर्दै समाजसेवाका विभिन्न गतिविधिलाई अघि बढाइरहेको बताउनुभएको थियो ।
क्लबका चार्टर मेम्बर एवं निवर्तमान अध्यक्ष प्रह्लाद दाहालले क्लबको स्थापनाकालदेखि हालसम्म सञ्चालन भएका विभिन्न गतिविधि, सामाजिक सेवाका प्रयास तथा उपलब्धिहरूबारे चर्चा गर्नुभएको थियो । क्लबका चार्टर मेम्बर तथा पूर्वअध्यक्ष डा. राजु पी कोन्दन लामाले रोटरीको मूल भावना आत्मसात् गर्दै सबै सदस्य एकजुट भएर समाजसेवामा अघि बढ्नुपर्नेमा जोड दिँदै स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म सामाजिक सेवाका गतिविधिमा आफ्नोतर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
क्लबका उपाध्यक्ष दीपप्रसाद धमलाले रोटरीमा आबद्ध हुनुको मुख्य उद्देश्य व्यक्तिगत लाभभन्दा पनि समाजलाई के दिन सकिन्छ भन्ने भावना रहेको बताउनुभएको थियो ।







आश्विन कृष्ण औँसी : सोह्र
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल
भोटेकोशी बाढी : एक हजार
बिपी राजमार्ग अवरुद्ध
कांग्रेसको मतगणना दिउँसो १ बजेपछि
१३ वर्षअघिको रक्तचन्दन तस्करी मुद्दामा