काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन-३ (एनपिएल-३) लाई लक्षित गरी ‘एनपिएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । प्याकेजअन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताले पाँच सय ९९ रुपैयाँमा उक्त प्याकेज खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
जसअन्तर्गत तीन सय ३३ मिनेट अल-नेट भ्वाइस कल गर्न सकिनेछ भने प्रतिदिन आठ जिबी डाटा उपलब्ध हुने बताइएको छ । कम्पनीका अनुसार आगामी मंसिर ५ गतेसम्म प्याकेज खरिद गर्न सकिनेछ ।
सो प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ । ‘एनपिएल अनलिमिटेड प्याकेज’ प्राप्त गर्नका लागि मोबाइलबाट डायल गर्न सकिनेछ । त्यसैगरी नेपाल टेलिकम एपबाट समेत प्याकेज खरिद गर्न सकिन्छ । नेपाल प्रिमियर लिग सिजन–३ को नेपाल टेलिकम अफिसियल पार्टनरसमेत रहेको छ ।






रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान
न्यायाधीश बम हत्याका दोषी बाबु
बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि
आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब