काठमाडाैं । नेपाल राष्ट्र बैंकले कात्तिक ११ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको बिक्री मूल्य १५२ रुपैयाँ ४९ पैसा पुगेको छ भने बेलायती पाउण्ड स्टर्लिङको बिक्री मूल्य २०३ रुपैयाँ ०४ पैसा कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार बुधबार एक अमेरिकी डलरको खरिद दर १५१ रुपैयाँ ८९ पैसा र बिक्री दर १५२ रुपैयाँ ४९ पैसा रहेको छ। त्यस्तै, एक युरोको खरिद दर १६९ रुपैयाँ २१ पैसा र बिक्री दर १६९ रुपैयाँ ८८ पैसा तोकिएको छ ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर २०२ रुपैयाँ २४ पैसा र बिक्री दर २०३ रुपैयाँ ०४ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर १०६ रुपैयाँ ७१ पैसा र बिक्री दर १०७ रुपैयाँ १३ पैसा कायम भएको छ। क्यानाडियन डलर एकको खरिद दर १०८ रुपैयाँ ३५ पैसा र बिक्री दर १०८ रुपैयाँ ७७ पैसा रहेको छ ।
एसियाली मुद्रातर्फ १० जापानी येनको खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६७ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ७८ पैसा र बिक्री दर २२ रुपैयाँ ८७ पैसा रहेको छ ।
त्यस्तै, दक्षिण कोरियाली वन १०० को खरिद दर ११ रुपैयाँ ४४ पैसा र बिक्री दर ११ रुपैयाँ ४९ पैसा कायम भएको छ। मलेसियन रिंगिट एकको खरिद दर ३७ रुपैयाँ १५ पैसा र बिक्री दर ३७ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि महत्वपूर्ण मानिने खाडी मुलुकका मुद्राको विनिमय दर पनि सार्वजनिक गरिएको छ। कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ६७ पैसा र बिक्री दर ४१ रुपैयाँ ८४ पैसा रहेको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) दिराम एकको खरिद दर ४१ रुपैयाँ ३६ पैसा र बिक्री दर ४१ रुपैयाँ ५२ पैसा तोकिएको छ । सूचीमा कुवेती दिनार सबैभन्दा महँगो देखिएको छ। एक कुवेती दिनारको खरिद दर ४९२ रुपैयाँ ९१ पैसा र बिक्री दर ४९४ रुपैयाँ ८६ पैसा कायम भएको छ । यसैगरी, भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर खुला बजारका लागि सन्दर्भ दरका रूपमा प्रयोग हुने जनाएको छ । केन्द्रीय बैंकले आवश्यकता अनुसार जुनसुकै समयमा पनि विनिमय दर संशोधन गर्न सक्नेछ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने राष्ट्र बैंकले सार्वजनिक गरेको दरभन्दा फरक हुन सक्नेछ ।







रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान
न्यायाधीश बम हत्याका दोषी बाबु
बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि
आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब