काठमाडौं । कोरियाली सौन्दर्य प्रविधि अब नेपालमै सिक्न पाइने भएको छ । नेपाली युवायुवतीलाई अन्तर्राष्ट्रियस्तरको सौन्दर्य सीप प्रदान गर्ने उद्देश्यले ओपाल ग्लोबल स्किल्स एकेडेमीले कोरियाली सौन्दर्यसम्बन्धी तालिम सञ्चालनमा ल्याएको हो ।
एकेडेमीका अनुसार तालिम नोभेम्बर १ अर्थात् कात्तिक १५ गतेदेखि सुरु हुनेछ । तालिममा परेला घुमाउने तथा मिलाउने कला, छालाको विशेष हेरचाह, लेजर प्रविधि, कार्बन पिलिङ र अर्धस्थायी शृङ्गारजस्ता आधुनिक सौन्दर्य विधा सिकाइनेछ ।
तालिमको मुख्य आकर्षण कोरियाली सौन्दर्य विशेषज्ञबाट प्रशिक्षण लिन पाउनु हो । दक्षिण कोरियाको बोमदम ब्युटी एन्ड के-ब्युटीकी विशेषज्ञ मिक्युङको सहभागितामा तालिम सञ्चालन हुने एकेडेमीले जनाएको छ ।
यसअघि पनि मिक्युङको सहभागितामा निःशुल्क अनलाइन अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सहभागीहरूले कोरियाली सौन्दर्य प्रविधि, आधुनिक सौन्दर्य सेवाका अभ्यास तथा यस क्षेत्रमा पेसा र व्यवसाय निर्माण गर्ने सम्भावनाबारे जानकारी लिएका थिए ।
एकेडेमीका अनुसार तालिमको उद्देश्य प्रमाणपत्र प्रदान गर्नुमा मात्र सीमित नभई सहभागीलाई व्यावसायिक सीप, आत्मविश्वास र स्वरोजगारका लागि आवश्यक दक्षता प्रदान गर्नु हो ।
तालिमबाट प्राप्त सीप प्रयोग गरी युवायुवतीले सौन्दर्य क्षेत्रमा रोजगारी खोज्नुका साथै आफ्नै सौन्दर्य केन्द्र, शृङ्गार गृह वा छालाको स्याहारसम्बन्धी व्यवसाय सञ्चालन गर्न सक्ने सम्भावना रहनेछ ।
‘नेपालमै अन्तर्राष्ट्रियस्तरको सौन्दर्य शिक्षा’ भन्ने अवधारणासहित अघि बढेको ओपाल ग्लोबल स्किल्स एकेडेमीले नेपाली युवालाई आधुनिक सौन्दर्य प्रविधिमा दक्ष बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।
कोरियाली सौन्दर्य शैलीप्रति विश्वभर आकर्षण बढिरहेका बेला नेपालमै यस्तो सीप सिक्ने अवसर उपलब्ध हुनुले सौन्दर्य क्षेत्रमा आफ्नो भविष्य खोजिरहेका युवायुवतीलाई नयाँ सम्भावनाको ढोका खोल्न सक्ने अपेक्षा गरिएको छ ।







दशैँमा घर फर्किने यात्रुको गोंगबु
चौध वर्षीया बालिकालाई जबरजस्ती करणी
दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा
पोखरा स्कुल बस दुर्घटना :
लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१
तारेखका लागि काठमाडौं जिल्ला अदालत