सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका-८ सुन्दरनगरमा दाउराको चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ ।
प्रहरीकाअनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय परियारको घरको आँगनमा राजीमाथि दाउराको चिर्पट प्रहार गरेका थिए । चिर्पट प्रहारबाट राजीको टाउको र बायाँ खुट्टामा चोट लागेको थियो ।
घटनामा घाइते भएका राजीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको थियो । त्यहाँ उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि उनलाई कोहलपुर मेडिकल कलेज लगिएको थियो ।
उपचारकै क्रममा राजीको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







काँग्रेसलाई नयाँ पुस्ताको जोश र
गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण
कांग्रेस महाधिवेशन : बन्द सत्रमा
जनकपुरधाममा विजयादशमीको रौनक, शक्तिपीठहरूमा भव्य
अनरको ‘तीन चाडको बहार’ :
नेपाली कांग्रेसको १५औँ महाधिवेशन :