काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ९८० रुपैयाँ पुगेको छ ।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार ९७० रुपैयाँ कायम रहेको थियो ।
मंगलबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको महासङ्घले जनाएको छ ।







बक्सअफिसमा ‘बाः एक योद्धा’ अगाडि
हिमाली नेपालको जीवनरेखा : हेलिकप्टर
पर्यटन प्रभावित हुँदा हेलिकप्टर व्यवसाय
अवस्था नसुध्रिए मर्जरमा जानुपर्ने हुनसक्छ
संकटको सारथि नै संकटोन्मुख अवस्थामा
‘आमाको माया’ बालकथा संग्रह लोकार्पण