भोजपुर । महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न घरेलु तथा साना उद्योग कार्यालय भोजपुरले प्रविधि हस्तान्तरण सम्वन्धी प्रस्ताव माग गरेको छ ।
कार्यालय प्रमुख दुर्गाप्रसाद सुवेदीले महिला उद्यमीबाट सञ्चालित कृषि तथा वनजन्य उद्योगलाई प्रविधि हस्तान्तरण गर्न प्रस्ताव आह्वान गरिएको बताउनुभयो । उहाँले कार्यालयको चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार उद्योग सञ्चालन तथा क्षमता अभिवृद्धिका लागि आवश्यक प्रविधि (मेसिन तथा उपकरण) सहयोग गर्न प्रस्ताव माग गरिएको जानकारी दिनुभयो । आगामी मंसिर ९ गतेभित्र प्रस्ताव दर्ता गर्न सकिने कार्यालयले जनाएको छ ।
कार्यालयले कात्तिक १० गते सूचना प्रकाशित गर्दै भोजपुर जिल्लाभित्र प्रचलित कानुनबमोजिम दर्ता भई सञ्चालनमा रहेका महिला उद्यमीका कृषि तथा वनजन्यसँग सम्बन्धित लघु, घरेलु तथा साना उद्योगलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको हो ।
कार्यालयकाअनुसार कार्यक्रममा छनोट भएका उद्योगलाई तोकिएको लागत सहभागितामा आवश्यक मेसिन तथा उपकरण उपलब्ध गराइने छ । कार्यक्रमअन्तर्गत फलफूल खेती तथा प्रशोधन, खाद्यवस्तु उत्पादन तथा प्रशोधन, पशुपालन तथा पशुपन्छीजन्य उत्पादन, दुग्ध उत्पादन तथा प्रशोधन, मत्स्यपालन, मौरीपालन, रेशम खेती, चिया तथा कफी खेती एवं प्रशोधन, जडीबुटी, तरकारी, पुष्प खेती, नर्सरी व्यवसाय, शीत भण्डारण, कृषि बजार, कृषि वन, बेत तथा बाँस, बीउबिजन, काठ तथा फर्निचर, कागज तथा अन्य वन पैदावारमा आधारित उद्योगलगायतका क्षेत्र समेटिएको प्रमुख सुवेदीले बताउनुभयो ।
प्रस्तावसँगै उद्योग व्यवसाय दर्ता तथा नवीकरण प्रमाणपत्र, आर्थिक वर्ष २०८२/८३ को कर चुक्ता प्रमाणपत्र, उद्यमीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि तथा आवश्यकताअनुसार तालिम लिएको प्रमाणपत्र लगायत तोकिएका कागजात पेश गर्नुपर्नेछ ।







कात्तिक १३ देखि काठमाडौं फिल्म
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य
म्याग्दी विपद् संकटग्रस्त जिल्ला घोषित,
मन्त्रिपरिषद्को निर्णयः बिटौरी जग्गामा बसोवास
पोखरामा स्कुल बस दुर्घटना :
पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, शनिबारसम्म