विद्यालयका प्रधानाध्यापक खोमराज धमलाका अनुसार आगामी मंसिर २२, २३ र २४ गते तीन दिनसम्म विद्यालयको जन्मोत्सव मनाउने तयारी गरिएको छ । जन्मोत्सवका अवसरमा विद्यालयलाई सहयोग गर्ने व्यक्तित्व तथा २०७५ सालसम्मका पूर्वविद्यार्थीलाई विशेष सम्मान गर्ने कार्यक्रमसमेत तय गरिएको उहाँले बताउनुभयो ।
विद्यालयले सहयोगका लागि प्रस्ताव गरेसँगै हालसम्म चार जना पूर्वविद्यार्थीबाट एक लाख २३ हजार २९६ रुपैयाँ सहयोग प्राप्त भएको जनाएको छ ।
विद्यालयका अनुसार पूर्वविद्यार्थी रामनारायण पाण्डेले ५१ हजार ११५ रुपैयाँ, रमेश श्रेष्ठले ५१ हजार १११ रुपैयाँ, रवि भण्डारीले १५ हजार ५१५ रुपैयाँ र राजेन्द्र भण्डारीले पाँच हजार ५५५ रुपैयाँ सहयोग गर्नुभएको छ ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा भौतिक पूर्वाधार विकासका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पूर्वविद्यार्थी, समाजसेवी, शिक्षाप्रेमी तथा शुभेच्छुकसँग सहयोगको आह्वान गरिएको प्रधानाध्यापक धमलाले बताउनुभयो ।
विद्यालयले सभाहलसहितको पूर्वविद्यार्थी भवन निर्माण, डिजिटल शिक्षा तथा स्मार्ट कक्षाको विस्तार, स्नातक तहका कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार विकास, पुस्तकालय तथा प्रयोगशाला व्यवस्थापन र विद्यार्थीको प्रतिभा विकासलगायतका कार्यक्रम अघि सारेको छ ।
विद्यालयको समग्र विकासमा पूर्वविद्यार्थी तथा समुदायको सहभागिता बढाउने र प्रस्तावित योजनालाई कार्यान्वयन गर्ने उद्देश्यले आर्थिक सहयोग संकलन अभियान अघि बढाइएको विद्यालयले जनाएको छ ।




कस्तो छ आजको राशिफल ?
दुर्भाग्यपूर्ण अराजक प्रवृत्ति
शान्तामा औपन्यासिकता खोजी गर्ने प्रसंग
सन्तानको भविष्यमा समयको लगानी गरौं
डा.उपाध्यायलाई भारतमा ‘अन्तर्राष्ट्रिय उत्कर्षश्री’ अवार्ड
भाष्यको राजनीति र सत्यको संकट