काठमाडौं । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा जिटिटिएफ लिडर्स कन्फ्रेन्स सम्पन्न भएको छ । कन्फ्रेन्सको उद्घाटन नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले गर्नुभएको थियो ।
एकदिने कन्फ्रेन्समा १२० जनाको सहभागिता रहेको तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार श्रेष्ठले जानकारी दिनुभयो । वरिष्ठ प्रशिक्षक श्रेष्ठको सहयोगमा ग्लोबल ट्रेडिसनल तेक्वान्दो फेडेरेसन (जिटिटिएफ) का अध्यक्ष जुन लिले कन्फ्रेन्स सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनओसी अध्यक्ष श्रेष्ठले कोटेश्वर तेक्वान्दो डोजाङ राम्रो खेलाडी उत्पादन गर्ने संस्थाका रूपमा स्थापित भएको बताउनुभयो । उहाँले कन्फ्रेन्सले सहभागीहरूको आत्मविश्वास अभिवृद्धि गर्न पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
वरिष्ठ प्रशिक्षक श्रेष्ठले कन्फ्रेन्स सञ्चालनका लागि दक्षिण कोरियाबाट आउनुभएका जिटिटिएफ अध्यक्ष लिसहित कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा जिटिटिएफकी उपाध्यक्ष हियोक लि, जिटिटिएफ नेपालका अध्यक्ष सुरेन्द्र पराजुलीलगायतको उपस्थिति रहेको थियो ।





कस्तो छ आजको राशिफल ?
दुर्भाग्यपूर्ण अराजक प्रवृत्ति
शान्तामा औपन्यासिकता खोजी गर्ने प्रसंग
सन्तानको भविष्यमा समयको लगानी गरौं
डा.उपाध्यायलाई भारतमा ‘अन्तर्राष्ट्रिय उत्कर्षश्री’ अवार्ड
भाष्यको राजनीति र सत्यको संकट