काठमाडौं । चीनमा आयोजना हुने बेल्ट एण्ड रोड शृंखलाका लागि नेपालको यू-१९ महिला क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
घोषित टोलीमा रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टिका साह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा चौधरी, आशिकाकुमारी महरा, अनु कडायत, मनिषाकुमारी उपाध्याय, सना प्रविण, अलिशाकुमारी यादव र तिर्सना विश्वकर्मा हुनुहुन्छ ।
यू-१९ विश्वकपको तयारीका लागि नेपाली टोलीले चीनमा शृंखला खेल्न लागेको हो । बेल्ट एण्ड रोड शृंखला नोभेम्बर ३ देखि ८ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक चीनसँगै नेपाल, हङकङ र थाइल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले नोभेम्बर ३ मा थाइल्याण्ड, नोभेम्बर ४ मा आयोजक चीन, नोभेम्बर ५ मा हङकङ, नोभेम्बर ६ मा पुनः थाइल्याण्ड, नोभेम्बर ७ मा घरेलु टोली चीन र नोभेम्बर ८ मा हङकङसँग खेल्नेछ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं