काठमाडौं । इनड्राइभले काठमाडौंमा सक्रिय ड्राइभर पार्टनर्सहरूको मिहिनेत, समर्पण र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै ‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु गरेको छ । नोभेम्बर २ देखि २९ सम्म चार हप्ता सञ्चालन हुने क्याम्पेनमार्फत् ड्राइभर पार्टनर्सले आफ्नो सक्रियता र कार्यसम्पादनका आधारमा विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउने बताइएको छ । क्याम्पेनको बम्पर उपहारका रूपमा एक भाग्यशाली ड्राइभर पार्टनर्सले रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल जित्ने पनि कम्पनीले जनाएको छ ।
ड्राइभर पार्टनर्सहरूको निरन्तर योगदान, प्रतिबद्धता र सक्रिय सहभागितालाई प्रोत्साहन तथा सम्मान गर्ने इनड्राइभको पहलअन्तर्गत क्याम्पेन सञ्चालन गरिएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार क्याम्पेनमा सहभागी ड्राइभर पार्टनर्सले एक साताभित्र कम्तीमा ६० वटा राइड पूरा गरी ‘प्लाटिनम’ स्तर हासिल गर्नुपर्नेछ । उक्त मापदण्ड पूरा गर्ने ड्राइभर पार्टनर्सहरू पुरस्कारको लक्की ड्रमा सहभागी हुन योग्य हुनेछन् । क्याम्पेन अवधिभर पूरा गरिएको प्रत्येक राइडलाई लक्की ड्रका लागि एक इन्ट्रीका रूपमा गणना गरिनेछ । जसअनुसार ड्राइभर पार्टनर्सहरूले जति धेरै राइड पूरा गर्छन्, पुरस्कार जित्ने उनीहरूको सम्भावना पनि त्यति नै बढ्नेछ ।
काठमाडौंमा इनड्राइभ प्लेटफर्ममार्फत् सेवा प्रदान गरिरहेका सबै सक्रिय ड्राइभर पार्टनर्सहरू क्याम्पेनमा सहभागी हुन सक्नेछन् । ड्राइभर पार्टनर्सहरूले एक साताभित्र कम्तीमा ६० वटा राइड पूरा गरी ‘प्लाटिनम’ स्तर हासिल गर्नुपर्नेछ । क्याम्पेन अवधिमा पूरा गरिएको प्रत्येक राइडलाई स्वतः एक लक्की ड्र इन्ट्रीका रूपमा गणना गरिनेछ । जसका लागि छुट्टै दर्ता गर्नुपर्ने छैन । योग्य ड्राइभर पार्टनर्सहरूले साप्ताहिकरूपमा आकर्षक पुरस्कार जित्ने अवसर पाउनुका साथै क्याम्पेन अवधिभर संकलित सबै योग्य इन्ट्रीहरू अन्तिम बम्पर उपहारको लक्की ड्रमा समेत समावेश गरिनेछन् ।
बम्पर पुरस्कारअन्तर्गत एक जनालाई रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल प्रदान गरिने र साप्ताहिक पुरस्कारमा चार जनालाई याडिया इलेक्ट्रिक स्कुटर, १६ जनालाई सामसुङ ग्यालेक्सी ए १७ फाइभ जी स्मार्टफोन, २० जनालाई एयर फ्रायर, दुई सय जनालाई प्रतिव्यक्ति पाँच हजार रुपैयाँ बराबरको गिफ्ट भौचर, आठ सय जनालाई प्रतिव्यक्ति १० लिटर इन्धन बराबरको भौचर रहेको छ । क्याम्पेनका चार हप्तामा योग्य ड्राइभर पार्टनर्समध्येबाट साप्ताहिक पुरस्कार विजेताहरू छनोट गरिने बताइएको छ ।







ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
बिदाइ खेलमा मेसीकाे गोल, अर्जेन्टिनाकाे
पाँच पाण्डव’मा द्रौपदीको भूमिकामा इभा
जलवायु न्याय माग्ने नेपालको आधार
कञ्चनपुरमा १६ लाख ८७ हजार
वेस्ट बैंकमा यहुदी बस्ती विस्तारकको